हामीले नेतालाई भगवान् र बा बनाएर गल्ती गर्‍यौँ, रास्वपाले त्यो गल्ती नदोहोर्‍याओस् : गगन थापा

हामीले हाम्रो पार्टी लास र दासहरूको पार्टी होइन भन्ने कुरा केही अगाडि भन्न सक्नुपर्थ्यो सकेनौँ : गगन थापा

असार ७, २०८३

कान्तिपुर संवाददाता

We made a mistake by making leaders God and Father, RSP should not repeat that mistake: Gagan Thapa

काठमाडौँ — कांग्रेस सभापति गगनकुमार थापाले राजनीतिक दलका नेताहरूलाई ‘भगवान्’ र ‘बा’ बनाएर पछ्याउने राजनीतिक संस्कारले गलत परिणाम गलत परिणाम भोग्नुपरेको स्वीकार गरेका छन् । 

चितवनको भरतपुरमा जारी रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले दलभित्रका नेताहरुमाथि प्रश्न गर्ने संस्कार विकास गर्न ढिलाई गरेकै कारण मुलुकको राजनीति जटिल बनेको बताएका हुन् । उनले कांग्रेसले आफ्ना कमजोरी पहिचान गर्न ढिलाइ गरेको स्वीकार गर्दै त्यसको राजनीतिक मूल्य अहिले पनि चुकाइरहेको बताए ।

अन्य राजनीतिक दलका विगतका कमजोरीबाट सिकेर अघि बढ्न रास्वपाका सदस्यहरूलाई आग्रह गरे ।

‘हामीले हाम्रा दलका नेताहरुलाई भगवान बनाएर गल्ति गरिसक्यौँ, बा बनाएर गल्ती गरिसक्यौँ तपाईंले नगर्नुहोला । गल्ती गरेको बेलामा आफ्नै नेतालाई पनि प्रश्न गर्नुहोला । हामीले ढिलो गर्‍यौँ, त्यसैले सजाय पनि पायौँ । हामीले हाम्रो पार्टी लास र दासहरूको पार्टी होइन भन्ने कुरा केही अगाडि भन्न सक्नुपर्थ्यो सकेनौँ । ढिलो गर्यौँ । त्यसबाट पनि सिक्नुहोला म प्रत्येक राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्यहरुलाई म भन्न चाहन्छु,’ उनले भने । 

रास्वपा महाधिवेशन

कान्तिपुर

Link copied successfully