एमाले दल नेता थापाको भनाइ विवादमा, सचिवालयमा गम्भीर छलफल गर्ने तयारी 

सचिव पदमा अर्याल भन्छिन्,‘दल नेता थापाले संसद्‍मा राखेका राजनीतिक विषय छलफलबाटै आएका हुन् । राज्यका स्टेक होल्डरबारे उठाइएका विषय उहाँका निजी कुरा हुन् ।’

चैत्र २०, २०८२

गंगा बीसी

UML party leader Thapa's statement in controversy, preparations for serious discussion in the secretariat

What you should know

काठमाडौँ — नेकपा एमाले उपाध्यक्ष एव‌ं संसदीय दलका नेता रामबहादुर थापाले बिहीबार संसद् बैठकमा दिएको अभिव्यक्तिबारे छलफल गर्न आज एमालेकोसचिवालय बैठक बोलाइएको छ ।

भदौ २३ को जेन-जी आन्दोलन भदौ २४ को विध्वंस र फागुन २१ को निर्वाचन परिणामको विषयलाई लिएर उनले तत्कालीन सुशीला कार्की सरकार, नेपाली सेना, कर्मचारी, विदेशी शक्ति र केही गैरसकारी संस्थाको हात हरेको बताएपछि एमालेभित्र ठूलै तरङ्ग आएको छ ।

अध्यक्ष केपी शर्मा ओली प्रहरी हिरासतमै रहेको बेला थापा बुधबार संसदीय दलको नेता बनेर बिहीबार संसदको बैठकमा एमालेको धारणा राखेका थिए । निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिताउन ‘राज्य र बिभिन्न शक्ति लागेको’ आरोप उनले लगाएका थिए ।

‘यो जादूमय विजयमा ककसले निर्णायक भूमिका निर्वाह गरे असंख्य तथ्यले स्पष्ट पार्छन्,’ थापाले भनेका थिए, 'अदृश्य शक्तिहरू टीओबी, एआई, अल्गोरिदम, गोयबल्सहरू जसले राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, संघीयता, शान्ति र समृद्धिका नायकहरूलाई खुँखार खलनायक र हत्याराका रूपमा स्थापित गरे । देश जलाउने र आफ्नो राष्ट्रिय पहिचान मेटाउने खलपात्रलाई महानायक बनाए ।’

एमाले संस्थापनइतर थापाको प्रस्तुति ‘युद्धकालीन माओवादी’ जस्तो भएको, आधारबिनानै सेना, कर्मचारीलाई आरोप लगाएको भन्दै आपत्ति जनाएका छन् । ओली निकट नेताहरुले थापाको भनाइप्रति मौन छन् ।

उपाध्यक्ष विष्णु पौडेलले थापाले ‘दल नेताको हैसयितले रामबहादुर थापाले व्यक्त गरेको विचार पार्टीका स्थापति नीति र मान्यता विपरीत’ भएको टिप्पणी गरेका थिए । तर, संसद्‍मा बोल्नुअघि उनले अध्यक्ष ओली र महासचिव शंकर पोखरेलसँग परामर्श गरेका थिए ।  थापाले बोलेका विषय राजनीतिक रुपमा सही भए पनि राज्यका अङगहरुहरु सेना, कर्मचारीलाई विवादमा तानेको विषय ‘निजी भएको’ संस्थापनइतर नेताहरुको भनाइ छ।

उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिब योगेश भट्टराई, नेता सुरेन्द्र पाण्डेले थापाको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । सस्थापन पक्षले भने थापाले संसदमा रोखेका राजनीतिक विषय पार्टी नीति अनुसार भए पनि राज्यका अङ्गहरुप्रति लक्षित आरोप निजी भएको जनाएको छ । 

सचिव पदमा अर्यालदले दल नेता थापाले भदौ २३ र २४ का घटना, निर्वाचनमा विषयमा राजनीतिक विषय गलत नभए पनि राज्यका अङ्गहरु सेना, कर्मचारीप्रति लक्षित विषय निजी भएको बताइन् ।  

‘दल नेता रामबहादुर थापाले संसद्‍मा राखेका राजनीतिक विषय छलफलबाटै आएका हुन्’ उनले भनिन्, ‘राज्यका स्टेक होल्डरबारे उठाएका विषय उहाँका निजी कुरा हुन् ।’ अर्का सचिव खगराज अधिकारीले सचिवालय बैठकमा संसद् र बाहिर राजनीतिक र अन्य मुद्दामा एउटै धारणा बनाउनेबारे सचिवालयमा छलफल हुने बताए ।

उपाध्यक्ष पौडेल, उपमहासचिव योगेश भट्टराईले थापाको अभिव्यक्तिबारे सचिवालय बैठकमा गम्भीर छलफल हुनुपर्ने माग गरेका छन् । एमाले नेता सुरेन्द्र पाण्डेले भदौ २३ र २४ को घटना हुनुमा तत्कालीन एमाले नेतृत्वको सरकार जिम्मेवार हुनुपर्ने तर्क गरेका छन् ।

‘हिंजो संसदमा षड्यन्त्र का लामा कथाहरू सुनियो।  सेनाले जोगाएन, कर्मचारीले टेरेनन्, प्रविधिले हरायो – सबै दोष अरूलाई, हामी पनि दोषी छौं – यो वातावरण सिर्जना गर्न हाम्रै सरकारको अकर्मण्यता जिम्मेवार होइन र? अब यो घेराबन्दीमा पर्‍यौं भन्ने राष्ट्रवादी राजनीति निकै पुरानो भयो,’ उनले सामाजिक संजालमार्फत् भनेका छन्, ‘अबको एउटा मात्र साँचो राष्ट्रवादी लाइन भनेको नेपालको आर्थिक सुधार हो, बाँकी सबै आ–आफ्ना एजेन्डा मात्र हुन् ।’

उनलेल आफ्नो कमजोरी लुकाएर कार्यकर्तालाई भ्रममा राखी अतिवादतिर धकेल्ने काम नगर्न समेत भनेका छन् । ‘२३/२४ छानबिन हुनुपर्छ – तर हाम्रो राजनीति जनताको आकांक्षासँग मेल नखाएको यथार्थलाई बेवास्ता गर्नु हुँदैन,’ उनको भनाइ छ ।

गंगा

Link copied successfully