चुनावको मुखमा बीबीसीको डकुमेन्ट्री भूराजनीतिक चलखेलको जिउँदो प्रमाण : पोखरेल

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै नेपालको आन्तरिक राजनीतिमा बाह्य प्रभाव पार्ने कोसिस स्वीकार्य नहुने जिकिर गरेका छन्।

फाल्गुन १५, २०८२

कान्तिपुर संवाददाता

BBC documentary on the eve of elections is living proof of geopolitical maneuvering: Pokharel

काठमाडौँ — नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको जेन–जी आन्दोलनबारे बीबीसीले तयार पारेको वृत्तचित्र ‘भूराजनीतिक चलखेलको जिउँदो प्रमाण’ भएको दाबी गरेका छन्। 

जेनजी आन्दोलनबारे बीबीसीले बिहीबार करिब ४२ मिनेट लामो वृत्तचित्र सार्वजनिक गरेको थियो। त्यसप्रति उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै नेपालको आन्तरिक राजनीतिमा बाह्य प्रभाव पार्ने कोसिस स्वीकार्य नहुने जिकिर गरेका छन्। 

‘चुनावको मुखमा सार्वजनिक गरिएको बीबीसीको डकुमेन्ट्री केवल सञ्चार सामग्री मात्र होइन - यो भूराजनीतिक चलखेलको जिउँदो प्रमाण हो,’ पोखरेलले लेखेका छन्, ‘नेपालजस्तो सार्वभौम राष्ट्रको आन्तरिक राजनीतिक प्रक्रियामा बाह्य प्रभाव पार्ने कुनै पनि प्रयास अस्वीकार्य छ। चुनावको संवेदनशील समयमा यस्ता सामग्री सार्वजनिक हुनु संयोग मात्र हो कि नियोजित हस्तक्षेप हो।’

उनले सूचना स्वतन्त्र, समय सन्दर्भ र उद्देश्य पनि पारदर्शी हुनुपर्ने समेत उल्लेख गरेका छन्। भूराजनीतिक दबाब र ‘प्रोपागान्डा’को खेलमा नेपाललाई प्रयोग हुन दिन नहुने समेत पोखरेलको भनाइ छ। 

कान्तिपुर संवाददाता

Link copied successfully