उल्किने बानी रहेछ, बालेनलाई यहाँ ल्याएर रविले फसाइदिए : ओली

'मेरो ठाउँमा आएपछि त मसँग भेटेर ‘म चुनावमा आएँ, कहाँ बसौं ? कस्तो गर्दा राम्रो हुन्छ ?’ भन्या भए मै डेरा खोज्दिन्थेँ नि ।'

माघ ८, २०८२

कान्तिपुर संवाददाता

He has a habit of vomiting, Ravi trapped him by bringing Balen here: Oli

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले 'रविको चलाखीले बालेन फसेको' बताएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि झापा-५ का उम्मेदवार हुन् । सोही क्षेत्रमा रास्वपाले काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाह (बालेन) लाई उम्मेदवार बनाएको छ ।

पछि प्रधानमन्त्री बनाइदिने भनेर रास्वपा सभापति रवि लामिछानेले निस्किन नसक्ने गरी खाल्डोमा हाल्दिएको ओलीले आरोप लगाए । 'उल्किने बानी रहेछ, रविको चलाखीले यहाँ लगेर फसाइदिए,' उनले भने ।

ओलीले बालेनले कुनै योगदान नगरेको पनि आरोप लगाएका छन् । 'उहाँले यो काम गर्नुभएको, यो इतिहास, यो योगदान, यो बलिदान भन्ने छ ? यस देशमा लोकतन्त्र ल्याउन यति गर्नुभएको छ, विकास ल्याउन यति गर्नुभएको छ भन्ने केही छ ? छ भने मैले त थाहा पाएको छैन ,' कान्तिपुरसँगको कुराकानीमा ओलीले भने, 'बरु, सुकुम्बासीका बस्तीमा डोजर चलाउनु भएको होला । खोला किनारतिर मान्छे बस्नै दिनु भएन होला ।'

बालेनको उम्मेदवारीले कुनै प्रभाव नपर्ने पनि उनले बताए । बालेको झापामा कोही नभएको भन्दै ओलीले आफूले सहयोग गर्न चाहेको बताए । 'मैले अस्ति पनि भनेँ, यहाँ डेरा खोज्दिनुपर्छ भने सहयोग गर्छु । मेरो ठाउँमा आएपछि त मसँग भेटेर ‘म चुनावमा आएँ, कहाँ बसौं ? कस्तो गर्दा राम्रो हुन्छ ?’ भन्या भए मै खोज्दिन्थेँ नि,' ओलीले भने ।

कान्तिपुर संवाददाता

Link copied successfully