बागमती प्रदेशसभाबाट राजीनामा दिएका काफ्लेले पाएनन् टिकट

कुन्दनराज काफ्लेको जिल्ला दोलखामा कांग्रेसले अजयबाबु शिवाकोटीलाई टिकट दिएपछि उनी टिकटविहीन भएका हुन् ।

माघ ५, २०८२

सुवास विडारी

Kafle, who resigned from the Bagmati Provincial Assembly, did not get a ticket.

मकवानपुर — बागमती प्रदेशसभाबाट राजीनामा दिएका कुन्दनराज काफ्ले आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएका छन् ।

उनको जिल्ला अर्थात् दोलखा निर्वाचन क्षेत्रमा कांग्रेसले अजयबाबु शिवाकोटीलाई टिकट दिएपछि उनी टिकटविहीन भएका हुन् ।

काफ्लेले उम्मेदवार बन्नका लागि सोमबार प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका थिए । शिवाकोटी कांग्रेस सभापति गगनकुमार थापाका नजिकका पात्र हुन् ।

काफ्ले प्रदेशको पूर्वआर्थिक मामिला तथा योजना मन्त्रीसमेत हुन् । पूर्वपत्रकारसमेत रहेका शिवाकोटी कांग्रेस केन्द्रीय सदस्य हुन् । 

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully