अन्तिम पटक चुनाव लड्ने देउवाको चाहना

नवनिर्वाचित सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले अभिभावकीय भूमिका बसीदिन गरेको आग्रहमा शेरबहादुर देउवाले अन्तिम पटक चुनाव लड्ने इच्छा व्यक्त गरेका हुन् ।

माघ ५, २०८२

कान्तिपुर संवाददाता

Deuba's desire to contest elections for the last time

काठमाडौँ — कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले गृह जिल्ला डडेलधुराबाट चुनाव लड्ने चाहना राखेका छन् ।

देउवाले डडेलधुराबाट २०४८ सालदेखि नै निरन्तर चुनाव जित्दै आएका छन् ।

नवनिर्वाचित सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले अभिभावकीय भूमिका बसीदिन गरेको आग्रहमा देउवाले अन्तिम पटक चुनाव लड्ने इच्छा व्यक्त गरेका छन् ।

कांग्रेसका एक पदाधिकारीका अनुसार उनको नाम देउवा समूहले अघि बढाएको सूचीमा समावेश छ । त्यसमा पूर्व परराष्ट्रमन्त्रीसमेत रहेकी उनकी पत्नी आरजु राणाको नामसमेत समावेश छ ।

देउवाको बारेमा सकारात्मक भएपनि पूर्व परराष्ट्रमन्त्रीसमेत रहेकी आरजु राणालाई स्वयंले चुनाव नलड्ने सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले देउवा पक्षीय नेताहरुलाई सुझाइरहेका छन् ।

‘देउवाको बारेमा करिब निश्चित जस्तै छ, तर आरजुका बारेमा निश्चित भइसकेको छैन,’ केन्द्रीय कार्यसमितिका एक पदाधिकारीले भने ।

कान्तिपुर संवाददाता

Link copied successfully