एमाले उपाध्यक्ष विष्णु पौडेल रुपन्देही २ बाटै उठ्ने

गत निर्वाचनमा उनी यही क्षेत्रबाट विजयी भएका थिए ।

माघ ४, २०८२

कान्तिपुर संवाददाता

UML Vice President Bishnu Poudel to stand for election from Rupandehi 2

काठमाडौँ — एमाले उपाध्यक्ष विष्णु पौडेल रुपन्देही २ बाटै उम्मेदवार हुने भएका छन् ।

शनिबार सचिवालय बैठकले उनलाई पाल्पा २ मा उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

नेता खिमलाल भट्टराईले पौडेल रुपन्देही २ बाट उम्मेदवार हुने बताए । उनले कान्तिपुरसँग भने, ‘अब विष्णु पौडेल रुपन्देही २ बाट उम्मेदवार हुनुहुनेछ ।’

गत निर्वाचनमा उनी यही क्षेत्रबाट विजयी भएका थिए ।

एमाले उपाध्यक्ष पौडेलले २०५१ सालमा पाल्पाबाटै संसदीय यात्रा प्रारम्भ गरेका हुन् । २०५६ देखि रुपन्देहीबाटै चुनाव लड्दै आएका पौडेल यसपटक पनि एउटै क्षेत्रबाट चुनाव उठने भएका हुन् । उनी आठ पटक मन्त्री बनिसकेका छन् ।

सम्बन्धित समाचार

के विष्णु पौडेल रुपन्देही-२ छाडेर पाल्पा-२ बाट उठ्न लागेका हुन् ?

कान्तिपुर

Link copied successfully