मनोनयनको मिति सार्नेबारे आयोगमा छलफल

एमाले र कांग्रेसको देउवा समूहले मनोनयनको मिति सार्ने बारे आयोगमा कुरा राखेका थिए।

माघ ४, २०८२

कान्तिपुर संवाददाता

Discussion in the Commission on postponing the nomination date

काठमाडौँ — निर्वाचन आयोगले मनोनयनको मिति सार्ने वा निर्धारित मितिपछि पनि त्यसलाई निरन्तरता दिने विषयमा छलफल थालेको छ।

आयोग स्रोतका अनुसार एमाले र कांग्रेसको देउवा समूहले मनोनयनको मिति सार्ने बारे आयोगमा कुरा राखेका थिए।

निर्धारित कार्यतालिका अनुसार आयोगले ६ गतेलाई मनोनयनको मिति तोकेको छ। आयोगले भने मनोनयनलाई निरन्तर राख्दै ७ र ८ गते पनि जारी राख्ने विषयमा छलफल गरेपनि यो प्रारम्भिक तहमै रहेको बताएको छ।

कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध उभिएको निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ । अन्तरिम आदेश जारी नहुने अवस्था हुँदा आफूहरुले निर्वाचनमा भाग लिन वञ्चित हुनुपर्ने भन्दै मनोनयन सार्न देउवा पक्षले माग गरेको छ । 

सम्बन्धित समाचार

सर्वोच्चमा देउवा पक्षको माग : उम्मेदवार मनोनयन स्थगितदेखि गगन-विश्वको पद खारेजीसम्म

 

कान्तिपुर

Link copied successfully