रास्वपा पार्टी कार्यालय पुगे बालेन्द्र

आजै रास्वपाको केन्द्रीय समितिको बैठक बस्दैछ ।

माघ ४, २०८२

कान्तिपुर संवाददाता

Balendra reached the RSVP party office

काठमाडौँ — रास्वपाका वरिष्ठ नेता बनेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह महानगर प्रमुखबाट राजिनामा दिएर सोझै पार्टी कार्यालयमा पुगेका छन् ।

आजै रास्वपाको केन्द्रीय समितिको बैठक बस्नेछ। बैठकपछि पार्टी सभापति रवि लामिछानेसँगै शाह र अन्य नेताहरू साँझ ५ बजे जनकपुरमा आयोजना गर्न लागिएको चुनावी कार्यक्रमका लागि जाने तयारीमा छन्।

रास्वपा र शाहबीच पुस १३ गते ७ बुँदे सहमति भएको थियो। सो सहमतिअनुसार शाह आगामी निर्वाचनमा रास्वपाको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार हुने उल्लेख थियो।

सम्बन्धित समाचार

रवि-बालेन सम्झौता : पार्टी नेतृत्वमा रवि, प्रधानमन्त्री उम्मेदवार बालेन [पूर्णपाठ]

कान्तिपुर

Link copied successfully