गगन थापाहरू आधिकारिक होइनन्, चोइटिएर गएका हुन् : शेखर कोइराला

कोइरालाले आफूहरू निर्वाचन आयोग आउनै नपर्ने अवस्था भएको भन्दै लोकतान्त्रिक पद्धतिमा जे कानुनसम्मत हुन्छ, त्यही लागू हुने दाबी गरे।

माघ २, २०८२

दुर्गा दुलाल

Gagan Thapas are not official, they are just a bunch of idiots: Shekhar Koirala

काठमाडौँ — कांग्रेस देउवा पक्षका नेता शेखर कोइरालाले गगन थापाहरू आधिकारिक नभई नेपाली कांग्रेसबाट चोइटिएर गएको दाबी गरेका छन्।

निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्न पुगेको संस्थापन पक्षका तर्फबाट बोल्दै कोइरालाले केही साथीहरूले हस्ताक्षर संकलन गरी अद्यावधिकका लागि आएको हुन सक्ने, तर ती हस्ताक्षर फिर्ता भएको प्रमाणसमेत आफूहरूले पेस गरेको दाबी गरे।

‘कसैलाई वा कुनै पदाधिकारीलाई विशेष अधिवेशन बोलाउने अधिकार विधानले दिएको छैन। टुँडिखेलमा गएर कुनै आयुक्तले माघ ६ गते उम्मेदवारी दर्ता हुँदैन भनेर भनेकै भरमा निर्वाचन आयोगलाई मान्य हुन्छ कि हुँदैन ?’ कोइरालाले भने, ‘यहाँ पनि यही प्रश्न छ। केही साथीहरूले यसैगरी भन्नुभएको छ। जुन साथीहरूले हस्ताक्षर पेस गर्नुभएको छ, त्यो फिर्ता भएको प्रमाण हामीले पेस गरेका छौँ।’

कोइरालाले आफूहरू निर्वाचन आयोग आउनै नपर्ने अवस्था भएको भन्दै लोकतान्त्रिक पद्धतिमा जे कानुनसम्मत हुन्छ, त्यही लागू हुने दाबी गरे। ‘४० प्रतिशत महाधिवेशन प्रतिनिधिले अधिवेशन बोलाउने अधिकार हुन्छ, तर त्यसको कार्यतालिका र सबै प्रक्रिया केन्द्रीय कार्यसमितिले बनाउनुपर्छ,’ उनले भने, ‘विधानले पनि यही भनेको छ। सिङ्गो केन्द्रीय कार्यसमिति निर्वाचन आयोगमै उपस्थित भएको छ र संस्थापनसँगै रहेको छ।’

सम्बन्धित समाचार

महाधिवेशनको बारेमा ब्रिफिङ गर्न निर्वाचन आयोगमा आएका छौं : श्याम घिमिरे


दुर्गा दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully