बालेन्द्रका लागि झापा–५ मा सहयोगीले खोज्दैछन् तीन घर, एउटाको टुंगो लाग्यो

संसदीय निर्वाचनमा होमिन लागेका बालेन्द्रले माघ ४ गते काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिने तयारी गरेका छन्।

माघ १, २०८२

कान्तिपुर संवाददाता

Supporters are looking for three houses in Jhapa-5 for Balendra, one has been finalized.

काठमाडौँ — झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने तयारीमा रहेका बालेन्द्र शाह र उनको टिमका लागि झापा–५ मा तीन वटा घर भाडामा लिने तयारी गरिएको छ।

रास्वपा झापाका सभापति प्रकाश पाठकका अनुसार तीमध्ये एउटा घर दमक नगरपालिका–३ मा लिने टुंगो लागेको छ। ‘हाम्रो पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको चुनावी तयारीका लागि कम्तीमा ४५ जना निरन्तर यहीँ बस्ने भएकाले तीन वटा घर खोज्ने काम भइरहेको हो,’ उनले कान्तिपुरसँग भने, ‘त्यसमध्ये एउटा घर लगभग टुंगो लागिसकेको छ।’

दमक नगरपालिका–३ मा रहेको एउटा खाली घर भाडा सम्झौता गर्ने तयारी गरिएको हो। ‘यो घरमा १५ जना बस्नुहुन्छ, बाँकी दुई घरमा पनि १५–१५ जना बस्नुहुनेछ,’ पाठकले भने।

संसदीय निर्वाचनमा होमिन लागेका बालेन्द्रले माघ ४ गते काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिने तयारी गरेका छन्। त्यसपछि जनकपुर हुँदै उनी झापा–५ मा पुगेर उम्मेदवारी दिने योजना रहेको छ।

सम्बन्धित समाचार

मधेसबाट चुनावी यात्रा गर्दै रास्वपा, बालेनको उपस्थितिमा जनकपुरबाट सभा सुरु

कान्तिपुर

Link copied successfully