मधेसबाट चुनावी यात्रा गर्दै रास्वपा, बालेनको उपस्थितिमा जनकपुरबाट सभा सुरु

प्रवक्ता मनिष झाले माघ ५ गते जनकपुरधामबाट राजनीतिक सभा सुरु हुने जानकारी दिए ।

माघ १, २०८२

कान्तिपुर संवाददाता

Rashtriya Swayamsevak Sangh (RSS) is on an election tour from Madhesh. The rally begins in Janakpur in the presence of Balen.

काठमाडौँ — रास्वपा प्रवक्ता मनिष झाले मधेस प्रदेशबाट परिवर्तनको यात्रा शुभारम्भ हुने बताएका छन्।

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले माघ ५ गते जनकपुरधामबाट राजनीतिक सभा सुरु हुने जानकारी दिए । उक्त सभाको व्यवस्थापनसम्बन्धी तयारी भइरहेको पनि झाले बताए । 

प्रवक्ता झाले उक्त सभामा पार्टी सभापति रवि लामिछाने र नेता बालेन्द्र साहले सम्बोधन गर्ने जानकारी दिए। उनले भने, ‘यसपटक पार्टीका सभापति रवि लामिछाने र आगामी निर्वाचनपछि भावी प्रधानमन्त्रीका रूपमा अघि बढाउने प्रस्ताव गरिएको बालेन्द्र साह सम्मिलित पहिलो राजनीतिक सभा हुँदैछ।’

रास्वपाले बालेन्द्र साहलाई पार्टीको तर्फबाट भावी प्रधानमन्त्री बनाउने प्रस्तावसहित निर्वाचनमा जाने निर्णय गरिसकेको छ।

कान्तिपुर

Link copied successfully