जसपा-लोसपा एकीकरणको विषय निर्वाचन आयोगमा दर्ता

लोसपाका १ सय १० समानुपातिक उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन् ।

पुस २९, २०८२

कान्तिपुर संवाददाता

JSP-LOSP merger issue registered with Election Commission

काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीचको पार्टी एकीकरण आयोगमा औपचारिक रूपमा दर्ता भएको छ।

एकिकरणलगत्तै लोसपाका १ सय १० समानुपातिक उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन् ।

एकीकरणपछि पार्टीको नाम जसपा नेपाल रहनेछ र चुनाव चिह्न छाता कायम रहनेछ। अब पार्टीको अध्यक्ष उपेन्द्र यादव र संरक्षक महन्थ ठाकुर हुनेछन् ।

काठमाडौंमा भएको सम्झौताअनुसार जसपा नेपाललाई एकीकृत रूपमा सञ्चालन गर्न ४३सदस्यीय केन्द्रीय समन्वय समिति बनाइएको छ । सोही समितिले ११ सदस्यीय सचिवालय गठन गर्नेछ । जसपा नेपाल र लोसपाबीच १३ पुसमा पार्टी एकीकरण गर्ने सहमति भएको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully