नेकपाका उम्मेदवार नआएपछि राष्ट्रिय सभा सदस्यमा सुनील थापा निर्विरोध 

नेकपाले अन्यतर्फ उम्मेदवार बनाएका संखुवासभाका हेमराज घिमिरे मनोनयन दर्तामा अनुपस्थित भएपछि थापा निर्विरोध भएका हुन् ।

पुस २३, २०८२

कान्तिपुर संवाददाता

Sunil Thapa elected unopposed as National Assembly member after NCP candidate fails to appear

विराटनगर — एमाले-कांग्रेस गठबन्धनका उम्मेदवार सुनील थापा राष्ट्रिय सभा सदस्यमा निर्विरोध भएका छन् । 

'एक जनाको मात्रै मनोनयन परेकाले उहाँ निर्विरोध हुनु भएको छ', निर्वाचन कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीले भने,'प्रक्रिया पूरा गरेर केही समयपछि आधिकारिक घोषणा गर्छौ।' 

नेकपाले अन्यतर्फ उम्मेदवार बनाएका संखुवासभाका हेमराज घिमिरे मनोनयन दर्तामा अनुपस्थित भएपछि थापा निर्विरोध भएका हुन् ।

नेकपाका दलिततर्फ मोरङका  खेमराज सुन्दास र महिलातर्फ नमिता न्यौपानेले भने मनोनयन दर्ता गराएका छन् । न्यौपानेको प्रस्तावकमा गणेश उप्रेती र समर्थकमा गीता तिम्सिना छन् । सुन्दासको प्रस्तावकमा सपना दर्जी र समर्थक नमोनारायण माझी छन् । 

कान्तिपुर

Link copied successfully