जसपा नेपालका नेता शैलेन्द्र साहले कांग्रेस र एमालेसित राष्ट्रिय सभाका दुई सिटमा सहमति नभएकाले छुट्टै उम्मेदवारी दिएको बताए ।
जनकपुर — दुई सिटमा कुरा नमिलेको भन्दै जसपा नेपालले मधेश प्रदेशमा राष्ट्रिय सभाका लागि छुट्टै उम्मेदवारी दिएको छ ।कांग्रेस–एमालेको समर्थनमा जसपाका नेता महन्थ ठाकुरले सुरुमा उम्मेदवारी दर्ता गराएपछि जसपाका तीन जना उम्मेदवारले पछि एकैसाथ उम्मेदवारी दिएका छन् ।
जसपा नेपालका नेता शैलेन्द्र साहले कांग्रेस र एमालेसित राष्ट्रिय सभाका दुई सिटमा सहमति नभएकाले छुट्टै उम्मेदवारी दिएको बताए ।
जसपा नेपालले राष्ट्रिय सभाका लागि अल्पसंख्यकतर्फ शैलेश चौधरी, महिलातर्फ चन्द्रकला साह र दलिततर्फ चमेलीदेवी दासलाई उम्मेदवार बनाएको छ ।
‘दुई सिटमा कुरा नमिलेपछि हामीले छुट्टै उम्मेदवारी दिएका हौं,’ जसपाका नेता साहले भने,‘अध्यक्षजी भैरहवामा हुनुहुन्छ । काठमाडौं फर्किएपछि कांग्रेस–एमालेसँग थप कुराकानी हुनेछ । २७ गतेसम्म उम्मेदवारी फिर्ताको समय त छँदैछ ।’
