एमाले अध्यक्ष ओलीको स्थानहद फुकुवा

आइतबार मात्रै आयोगले गुन्डुस्थित ओली निवासमै पुगेर उनको बयान लिएको थियो।

पुस २१, २०८२

कान्तिपुर संवाददाता

UML Chairman Oli's term of office lifted

काठमाडौँ — भदौ २३ र २४ गतेको घटनामा गठित जाँचबुझ आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाएको स्थानहद फुकुवा गरेको छ।

आइतबार मात्रै आयोगले गुन्डुस्थित ओली निवासमै पुगेर उनको बयान लिएको थियो।बयान सकिएपछि स्थानहद फुकुवा गरिएको आयोगका सदस्य विज्ञानराज शर्माले बताए।

बयान अघि जाँचबुझ आयोगमाथि प्रश्न उठाउँदै पूर्वप्रधानमन्त्री ओली सिंहदरबारमा पुगेर बयान नदिने भन्दै आएका थिए । आयोग भने जसरी पनि बयान लिने अडानमा थियो । दुवै पक्षको अडानका बीचमा मध्यमार्गी बाटोमा आयोगले लिखित पेस गरे पनि स्वीकार गर्ने संकेत पठाएको थियो । ओलीले पनि आफू लिखित रुपमा पेस गर्न भने तयार रहेको जवाफ पठाएका थिए । त्यसपछि आयोगको टोली आइतबार पत्र लिएर पुगेको थियो ।

सम्बन्धित समाचार

२३-२४ भदौको घटनामा तत्कालीन प्रधानमन्त्री ओलीले दिएको बयानमा के छ ?

कान्तिपुर

Link copied successfully