रास्वपाको समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने बढ्दै : अरनिको पाँडेले पनि छाडे

पाँडेसँगै रास्वपाको बन्दसूचीबाट नाम फिर्ता लिनेको संख्या ६ पुगेको छ । यसअघि पहिचानवादी अभियन्ता महेन्द्र लावती, अभिनेता आसिफ शाह, गायिका त्रिशला गुरुङ, व्यवसायी सचिन ढकाल र पर्वतारोही टासी शेर्पाले नाम हटाइसकेका छन् ।

पुस २१, २०८२

कान्तिपुर संवाददाता

Increasing number of names withdrawn from RSVP's proportional closed list: Araniko Pandey also left

काठमाडौँ — रास्वपा केन्द्रीय सदस्य अरनिको पाँडेले समानुपातिक उम्मेदवारको बन्दसूचीबाट नाम फिर्ता लिएका छन् । उनले सोमबार फेसबुकमार्फत बन्दसूचीबाट बाहिरिएको घोषणा गरेका हुन् ।

पाँडेले आइतबार राति बसेको केन्द्रीय समिति बैठकमा नाम हटाउने निर्णय जानकारी गराएको बताएका छन् । पछिल्ला राजनीतिक घटनाक्रमका कारण बन्दसूचीमा रहनुको औचित्य नदेखिएको उनको भनाइ छ ।

फेसबुकमा उनले लेखेका छन्, ‘म सधैँ देश र समाजलाई योगदान दिन सक्ने उपयुक्त बाटो रोज्ने प्रयासमा रहन्छु । पछिल्लो समय विकसित राजनीतिक अवस्थामा समानुपातिक सूचीमा रहिरहनुको औचित्य नदेखेपछि हिजो राति बसेको केन्द्रीय समिति बैठकमा मेरो नाम हटाउने निर्णय साथीहरूलाई सुनाएँ ।’

बन्दसूचीमा समावेश गर्ने निर्णय लिने नेतृत्वप्रति उनले आभार प्रकट गरेका छन् । आगामी निर्वाचनमा पार्टीलाई जिताउन सक्रिय रहने प्रतिबद्धता पनि जनाएका छन् ।

पाँडेसँगै रास्वपाको बन्दसूचीबाट नाम फिर्ता लिनेको संख्या ६ पुगेको छ । यसअघि पहिचानवादी अभियन्ता महेन्द्र लावती, अभिनेता आसिफ शाह, गायिका त्रिशला गुरुङ, व्यवसायी सचिन ढकाल र पर्वतारोही टासी शेर्पाले नाम हटाइसकेका छन् ।

कान्तिपुर

Link copied successfully