एकतापछि गीता छोएर पनि पार्टी फुटाएको र हारेर भागेको आरोप निराकारण होला : कमल थापा

२०७८ मा भएको एकता महाधिवेशनमा पार्टी अध्यक्षमा राजेन्द्र लिङदेनसँग पराजित भएपछि थापाले राप्रपा छाडेको घोषणा गरेका थिए ।

पुस १६, २०८२

कान्तिपुर संवाददाता

Accusations of splitting the party and running away after losing despite touching on Geeta after unity are probably baseless: Kamal Thapa

What you should know

काठमाडौँ — राप्रपा नेता कमल थापाले आफूमाथि ‘गीताको कसम खाएर पनि पार्टी फुटायो र हारेर भाग्यो’ भन्ने आरोप लागेपनि त्यसमा सत्यता नभएको दावी गरेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) बीचको पार्टी एकता सभामा बोल्दै थापाले आफू पार्टी छोडेर गएका बेला खुशी भएर गएको नभई मन रोइरोइ एक्लै अलग भएको पृष्ठभूमि बताए।

उनले भने, 'एउटा खेलाडी पनि भएको नाताले हारलाई सहर्ष स्वीकार गर्ने चरित्र ममा छ। विभिन्न कारणले घर छोडेर गएँ। गीता छोएर पनि पार्टी फुटाएको र हारेर भागेको आरोप निकारण होला पनि भन्ने ठानेको छु। यद्यपि त्यसमा सत्यता थिएन।'

महाधिवेशनपछि विभिन्न कारणले पार्टीबाट अलग्गिएको भए पनि देशभरको संगठनसहित घर फर्किएको उनले बताए। साथै, इतिहासको दोहोरिन नदिने र सबैलाई मिलाएर अघि बढ्न आजको आवश्यकता रहेको बताए।

२८ फागुन २०७६ मा राप्रपा र राप्रपा संयुक्तको एकता घोषणा कार्यक्रममा पोडियममा देखिएका कमल थापाले हिन्दु धार्मिक ग्रन्थ गीता हातमा बोकेर भनेका थिए, ‘यो गीता हातमा राखेर कसम खान्छु, राप्रपालाई फुट्न दिन्न ।’

तर थापाको गीता कसम करिब दुई वर्षमै टुट्यो । २०७८ मा भएको एकता महाधिवेशनमा पार्टी अध्यक्षमा राजेन्द्र लिङदेनसँग पराजित भएपछि थापाले राप्रपा छाडेको घोषणा गरे । महाधिवेशनमा लिङदेनले १ हजार ८ सय ४४ मत ल्याएका थिए भने थापाले १ हजार ६ सय १७ मत प्राप्त गरेका थिए । २५ मंसिर २०७८ मा हेटौँडा पुगेर उनले राप्रपा नेपाल ब्युँताएका थिए ।

सम्बन्धित समाचार 

यो अंकमाल कहिलेसम्म ?

कान्तिपुर संवाददाता

Link copied successfully