बालेनले बिहानै कुलमानलाई भेटेर सुनाए रास्वपाबाट आएको प्रस्ताव

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकीकरणका लागि संवाद भइरहेका बेला बालेनले घिसिङसँग भेट गरेका हुन्। भेटका क्रममा उनले रास्वपाबाट आएको प्रस्ताव र एकीकरणको मोडालिटीबारे कुराकानी गरेको बताइएको छ।

पुस १२, २०८२

कान्तिपुर संवाददाता

Balen met Kulman in the morning and conveyed the proposal from the Rashtriya Swayamsevak Sangh (RSS).

काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङबीच भेटवार्ता भएको छ। बालुवाटारको एक स्थानमा शनिबार बिहान ८ बजे नीहरूबीच भेट भएको दुवै पक्षनिकट स्रोतले कान्तिपुरलाई बतायो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकीकरणका लागि संवाद भइरहेका बेला बालेनले घिसिङसँग भेट गरेका हुन्। भेटका क्रममा उनले रास्वपाबाट आएको प्रस्ताव र एकीकरणको मोडालिटीबारे कुराकानी गरेको बताइएको छ।

घिसिङनिकट नेताहरूका अनुसार बालेनले पहिले आफूहरूलाई समर्थन गर्ने स्पष्ट बताएका थिए। अहिले रास्वपासँग एकीकरणबारे कुराकानी हुन थालेपछि त्यसैबारे जानकारी गराएको बताइएको छ।

रास्वपा सभापति रवि लामिछाने र बालेनलाई एक ठाउँमा ल्याउन अहिले दोस्रो तहका नेताहरूले सहकार्यको मोडालिटी बनाइरहेका छन्। रास्वपाबाट पूर्वमन्त्रीसमेत रहेका शिशिर खनाल र अशिम शाहले काम गरिरहेका छन् भने बालेनतर्फबाट कुमार बेन र भूपदेव शाहले कुराकानी गरिरहेका थिए।

यो तहमा समझदारी भएपछि बालेन र लामिछाने स्वयंले भेटवार्ता गर्ने जनाइएको छ।

कान्तिपुर संवाददाता

Link copied successfully