नेकपा संयोजक दाहाललाई भेट्ने हात्तीवन पुगे सञ्चारमन्त्री खरेल

यसअघि मन्त्री खरेलले कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटेका थिए ।

पुस ११, २०८२

कान्तिपुर संवाददाता

Minister of Communications Kharel reaches Hattivan to meet NCP Coordinator Dahal

काठमाडौँ — सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले नेकपा संयोजकि पुष्पकमल दाहाललाई भेटेका छन् । शुक्रबार हात्तीवनस्थित दाहाल निवास पुगेर मन्त्री खरेलले भेटवार्ता गरेका हुन् । 

सरकारी राजनीतिक संवाद समितिका सदस्यसमेत रहेका मन्त्री खरेलले दाहाललाई भेटेर समसामयिक राजनीतिक विषयमा छलफल गरेको स्रोतले जनाएको छ । 

Minister of Communications Kharel reaches Hattivan to meet NCP Coordinator Dahalभेटमा आगामी प्रतिनिधिसभा निर्वाचनको तयारी, निर्वाचन वातावरण निर्माण र प्रमुख दलहरूबीच सहमति कायम गर्ने विषयमा कुराकानी भएको बताइएको छ । यसअघि मन्त्री खरेलले कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटेका थिए । 

प्रतिनिधिसभा निर्वाचन गर्ने तयारी गरिरहेका बेला भएको भेटघाटलाई राजनीतिक दलहरूबीच सहमति खोज्ने प्रयासका रूपमा हेरिएको छ । 

कान्तिपुर

Link copied successfully