एमाले अध्यक्ष ओली भेट्न गुण्डु पुगे सञ्चारमन्त्री खरेल

यसअघि खरेलले कांग्रेसका सभापति शेरबहादुर देउवालाई महाराजगन्जस्थित निवासमा भेटेका थिए ।

पुस ११, २०८२

कान्तिपुर संवाददाता

Communications Minister Kharel reaches Gundu to meet UML Chairman Oli

What you should know

काठमाडौँ — सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । शुक्रबार बिहान भक्तपुरको गुण्डुस्थित ओलीको निजी निवासमा पुगेर मन्त्री खरेलले भेट गरेका हुन् ।

सञ्चारमन्त्रीको सचिवालयका अनुसार यो भेट निर्धारित कार्यक्रमअनुसार भएको हो । यसअघि खरेलले कांग्रेसका सभापति शेरबहादुर देउवालाई महाराजगन्जस्थित निवासमा भेटेका थिए । 

शुक्रबार नै नेकपाका संयोजक पुष्पकमल दाहाललाई खुमलटारमा भेट्ने तालिका रहेको छ । भेटमा आगामी निर्वाचनको तयारी, निर्वाचनको वातावरण निर्माण र राजनीतिक सहमतिको विषयमा छलफल भएको बताइएको छ ।

सरकारले प्रमुख तीन दलका शीर्ष नेतासँग छुट्टाछुट्टै भेटघाट गरी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउने प्रतिबद्धता जनाउने प्रयास गरेको छ । हाल ओलीमाथि जेन–जी आन्दोलनको छानबिन आयोगले लगाएको काठमाडौं उपत्यकाबाहिर यात्रा प्रतिबन्धको विषय पनि छलफलमा उठेको छ ।  

यसअघि सरकारको टोलीले एमालेको च्यासलस्थित केन्द्रीय कार्यालय निरीक्षण गर्दा पनि निर्वाचनमा सहभागिता र प्रतिबन्धमा लचकता अपनाउने विषयमा सकारात्मक संकेत दिएको थियो । एमालेले निर्वाचनमा सहभागी हुने वातावरण बनेमा भाग लिने प्रतिबद्धता जनाएको छ ।

सरकारले यो भेटघाटलाई राष्ट्रिय सहमतिको प्रयासको रूपमा लिएको जनाएको छ । यो भेटले तत्कालीन राजनीतिक तनाव कम गर्ने र निर्वाचन प्रक्रियालाई अगाडि बढाउने अपेक्षा गरिएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully