सरकार–जेन-जी सम्झौता नाटक हो : ओली 

ओलीले सरकार र जेन–जीबीच भएको सम्झौतालाई नाटकको संज्ञा दिँदै देशलाई भीडन्ततिर लैजाने गम्भीर षडयन्त्र गरिएको बताए ।

मंसिर २७, २०८२

कान्तिपुर संवाददाता

Sarkar-Gen-G deal is drama: Oli

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार र जेन–जीबीच भएको सम्झौतालाई नाटकको संज्ञा दिएका छन् । उनले यस सम्झौता गरेर देशलाई भीडन्ततर्फ लैजान खोजिएकोसमेत बताए । 

‘प्रतिनिधिसभा पुन:स्थापना गरेर संविधानलाई लिकमा ल्याउनुपर्छ । सरकार एकातिर निर्वाचनको हल्ला गर्ने, अर्कोतिर निर्वाचन बिथोल्ने काम गरिरहेको छ,’ ओलीले भने, ‘सरकार–जेन-जी सम्झौता जस्ता नाटक मञ्चन भएको छ । यो सम्झौता बिलकुल नाटक हो । देशलाई भीडन्ततिर लैजाने गम्भीर षडयन्त्र हो । यस्ता नाटक मञ्चन गरेर लोकतन्त्रलाई रोक्ने प्रपञ्च गर्ने जालो यो सरकार बनिरहेको छ ।’ उनले असंवैधानिक रूपमा विघटन गरिएको प्रतिनिधिसभा पुन:स्थापना गराएरै छाड्ने बताए ।

कान्तिपुर

Link copied successfully