सभापति देउवामाथि भरोसा राखेर महाधिवेशनको कार्यतालिकामा सहमत भयौँ : निधि

‘म छोड्दैछु, मैले छोडेर जाँदा पार्टीभित्र कुनै विमति नहोस् भनेर आग्रह गर्नुभयो । हामीले उहाँको अग्रसरता, चासो र भरोसा गरेर समर्थन गरेका हौं,’ निधिले कान्तिपुरसँग भने ।

मंसिर १५, २०८२

कान्तिपुर संवाददाता

We agreed on the agenda of the general convention with trust in President Deuba: Nidhi

What you should know

काठमाडौँ — कांग्रेस नेता विमलेन्द्र निधिले पार्टी सभापति शेरबहादुर देउवामाथि भरोसा राखेर निर्वाचन अगाडिको कार्यतालिका ल्याउने सहमत भएको बताएका छन् । निधि र अर्का नेता कृष्णप्रसाद सिटौलाले नेतृत्व गरेको संस्थापन पक्षको समूहले निर्वाचन अगाडि महाधिवेशन गर्न नहुने अडान लिँदै आएको थियो । 

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले निर्वाचन अगाडि र निधि, सिटौलासहितका नेताहरूले निर्वाचन पछाडिको अडान लिँदा कांग्रेस बैठक डेढ महिना अघिदेखि निर्णयविहीन भएको थियो ।

देउवाले निर्वाचन अगाडि कार्यतालिका ल्याउन सक्रियता देखाए पनि संस्थापन पक्ष सहमत भएको हो  । ‘म छोड्दैछु, मैले छोडेर जाँदा पार्टीभित्र कुनै विमति नहोस् भनेर आग्रह गर्नुभयो । हामीले उहाँको अग्रसरता, चासो र भरोसा गरेर समर्थन गरेका हौं,’ निधिले कान्तिपुरसँग भने । 

तर, पूर्व सात पदाधिकारी रहेको समूहबाट आगामी अधिवेशनमा प्रतिस्पर्धा हुने निधिले बताए । अर्का नेता सिटौलाले पनि प्रतिस्पर्धा हुने र त्यस्तो प्रतिस्पर्धा विगतमा भन्दा कडा हुने प्रतिक्रिया दिए । यद्यपि उनले छोटो समयमा आएको महाधिवेशनको तालिका कार्यन्वयन कसरी हुन्छ त्यो हेर्न बाँकी नै रहेको बताए । 

‘यो तालिका कसरी कार्यान्वयन हुन्छ त्यो हेर्न नै बाँकी छ । सदस्यताको वितरण, नवीकरण, वडा तहदेखि केन्द्रीय अधिवेशनसम्मका जुन तालिका छन्, त्यसको कार्यन्वयनमा अहिले म शंका गर्दिनँ । तर, त्यसको कार्यन्वयन सचिवालयले कुन ढंगले गर्छ, त्यसपछि टिप्पणी गर्छु’ सिटौलाले भने,‘पदाधिकारीहरूले सर्वसम्मतिबाट प्रस्ताव ल्यायौं भनेर कार्यवाहक सभापतिले प्रस्ताव गर्नुभयो । हामीहरूले समर्थन गरौं ।’ 

कान्तिपुर

Link copied successfully