प्रतिनिधिसभा विघटनविरुद्ध एमालेको रिट दर्ता, पहिलो सुनुवाइ मंसिर १७ मा

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार नेकपा एमालेक संसदीय दलका तर्फबाट पेस गरेको निवेदन बुधबार दर्ता भएको र आगामी पेसी मंसिर १७ का लागि तोकिएको बताए ।

मंसिर १०, २०८२

कान्तिपुर संवाददाता

UML files writ against dissolution of House of Representatives, first hearing on Mangsir 17

काठमाडौँ — नेकपा एमालेले प्रतिनिधिसभा विघटनविरुद्ध पेस गरेको रिट निवेदन दर्ता भएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार नेकपा एमालेक संसदीय दलका तर्फबाट पेस गरेको निवेदन बुधबार दर्ता भएको र आगामी पेसी मंसिर १७ का लागि तोकिएको बताए ।

मंगलबार विघटित प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले संसद् पुनःस्थापनाको माग राख्दै रिट दर्ता गरेका थिए । 

रिटमा प्रधानमन्त्री सुशील कार्कीको नियुक्ति असंवैधानिक भएको दाबी गरिएको छ । प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपतिबाट २७ भदौमा गरिएको प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्नुपर्ने एमालेले रिटमा माग गरेको छ । 

एमालेले ‘२४ भदौपछिको अवधिलाई शून्य अवधि मानी प्रतिनिधिसभा पुनःस्थापना’ गर्नुपर्ने रिटमा माग गरेको छ । 

एमालेले संविधानको धारा ७६ अनुसार सरकार गठनको नयाँ प्रक्रिया सुरु गर्ने गरी राष्ट्रपतिका नाममा परमादेश जारी गर्न पनि सर्वोच्च अदालतसँग माग गरेको छ । त्यस्तै प्रतिनिधिसभा पुनःस्थापना गरी बैठक बोलाउने व्यवस्था मिलाउन सभामुखलाई आदेश दिन माग पनि गरेको छ ।

कान्तिपुर

Link copied successfully