राष्ट्रिय सभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि कांग्रेसले गरायो दल दर्ता

दल दर्ता गर्दा कांग्रेसले सभापति देउवाकै नाम अघि बढाएको छ ।

मंसिर ७, २०८२

कान्तिपुर संवाददाता

Nepali Congress registers party for National Assembly and House of Representatives elections

काठमाडौँ — राष्ट्रिय सभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि कांग्रेसले आज निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।

कांग्रेसले सभापति शेरबहादुर देउवाकै आधिकारिक हस्ताक्षर चल्ने गरी आयोगमा दल दर्ता गरेको हो । केन्द्रीय कार्यसमितिको असोज २८ को बैठकमा सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक जिम्मेवारी दिएका थिए ।त्यसबेला उनले पुन: सक्रिय राजनीति नगर्ने सन्देश पनि दिएका थिए । तर आज दल दर्ता गर्दा सभापति देउवाकै नाम कांग्रेसले अघि बढाएको छ ।

यसले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन र माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनका लागि टिकट वितरणमा देउवाले आफ्नो सक्रियता देखाउन सक्ने एक केन्द्रीय सदस्यले बताए ।

२१ फागुनमा निर्धारित प्रतिनिधिसभा निर्वाचनमा भाग लिनेबारे कांग्रसले शनिबार मात्रै औपचारिक निर्णय गरेको थियो । केन्द्रीय कार्यसमिति बैठकले वर्तमान राजनीतिक संकटको निकास, संविधानको संरक्षण र जेन-जीले उठाएको मागलाई संस्थागत रुपमा निर्वाचनबाटै सम्बोधन गर्न सकिने ठहर गर्दै निर्वाचनमा जाने निर्णय लिएको थियो ।

कान्तिपुर

Link copied successfully