यस्तो कार्य अनुशासनको गम्भीर उल्लंघन भएको भन्दै तत्काल सरकारबाट फिर्ता हुन र फिर्ता नभए विधान अनुसार कारबाही हुने चेतावनी दिएका छन् ।
काठमाडौँ — रातारात बर्दिवासको एक होटलमा बसेर मुख्यमन्त्री र मन्त्री नियुक्त गरिएको घटनामा राप्रपाले आफ्ना सांसदलाई सरकारबाट तत्काल फिर्ता हुन निर्देशन दिएको छ ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मधेश सरकारमा राप्रपाको सहभागिताप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै राप्रपाबाट सरकारमा सहभागी भएर विना विभागीय मन्त्रीको शपथ लिएर कंचन बिच्छालाई फिर्ता हुन निर्देशन दिएका हुन् ।
यस्तो कार्य अनुशासनको गम्भीर उल्लंघन भएको भन्दै तत्काल सरकारबाट फिर्ता हुन र फिर्ता नभए विधान अनुसार कारबाही हुने चेतावनी दिएका छन् ।
उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘मधेश प्रदेश सरकारमा राप्रपाको सहभागीताप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यो अनुशासनको गम्भीर उल्लंघन हो । राप्रपाका सदस्यलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन छ । अन्यथा विधान बमोजिम कारवाही हुने जानकारी गराउँछु ।’
