यतिबेला भरतपुरको तापक्रम ३५ डिग्री सेल्सियस छ ।
चितवन — गर्मीले तातिएको चितवन सदरमुकाम भरतपुरमा आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन सुरु हुँदै छ । यतिबेला भरतपुरको तापक्रम ३५ डिग्री सेल्सियस छ ।
ठूलो संख्यामा सहभागी महाधिवेशन प्रतिनिधिहरु गर्मीले असिनपसिन देखिन्छन् । केही कार्टुनको टुक्रा हम्किएर शरीरलाई शीतल बनाउने कोसिस गरिरहेका छन् ।गर्मीले धापिएका महाधिवेशन प्रतिनिधिलाई पार्टीले मोहीको व्यवस्था गरेको छ । महाधिवेशन उद्घाटनस्थल भरतपुर गेस्ट हाउस चौरमा दुग्ध विकास संस्थान (डीडीसी) र जिल्लाका दुग्ध सहकारीले स्टल राखेर दहीमोही बेचिरहेका छन् ।
![Convention delegates sweating in the heat [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/politics/72418846918160245997548225439030906116967449n-2162026100300-1000x0.jpg&w=1001&h=0)
![Convention delegates sweating in the heat [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/politics/72574227514595261662091991176476047638111346n-2162026100314-1000x0.jpg&w=1001&h=0)