मुन्दुम ट्रेल : चखेवादेखि मैयुङको शिरसम्म

मैयुङको काखमा रहेको प्रसिद्ध हाँसपोखरीको लोभलाग्दो दृष्यले रोमाञ्चक बनाउँछ । चारैतिर फुलेका राताम्मे लालीगुराँसबीच शान्त रूपमा फैलिएको पोखरीले आनन्द दिलाउँछ ।

वैशाख २७, २०८३

पर्वत पोर्तेल

Mundum Trail: From Chakhewa to the top of Mayung

विराटनगर — पूर्वी नेपालको पहाडी काखमा फैलिएको मुन्दुम ट्रेल यतिबेला प्रकृति, संस्कृति र साहसिक यात्राको अद्भुत संगम बनेको छ । किरात सभ्यताको पदचाप पछ्याउँदै हिँडिने यो पदमार्ग विशेषगरी खोटाङ र भोजपुरको सिमानामा पर्ने चखेवा भञ्ज्याङदेखि प्रसिद्ध मैयुङडाँडासम्म पुग्दा झन् रोमाञ्चक बन्छ ।

Mundum Trail: From Chakhewa to the top of Mayung

वसन्त ऋतुमा यी जंगल लालीगुराँसले राताम्मे हुन्छन् । खुला मैदान र गुराँसको वनबीचको यही विरोधाभासले मुन्दुम ट्रेललाई अन्य पदमार्गभन्दा फरक बनाएको छ । चखेवाबाट एकदेखि दुई दिनको पैदल यात्रापछि पुगिने ३ हजार ३ सय ४८ मिटर उचाइको मैयुङडाँडा मुन्दुम ट्रेलको प्रमुख आकर्षण हो । यहाँ पुग्दा पदयात्रीलाई हिमाली हावासँगै अनुपम दृश्यले स्वागत गर्छ ।

Mundum Trail: From Chakhewa to the top of Mayung

मैयुङको काखमा रहेको प्रसिद्ध हाँसपोखरीको लोभलाग्दो दृष्यले रोमाञ्चक बनाउँछ । चारैतिर फुलेका राताम्मे लालीगुराँसबीच शान्त रूपमा फैलिएको पोखरीले आनन्द दिलाउँछ । पोखरीको स्वच्छ पानीमा गुराँसका रङ्गीन प्रतिबिम्ब झल्किँदा दृश्य झन् मोहक देखिन्छ । मैयुङको शिखरबाट सगरमाथा, मकालु र कञ्चनजङ्गालगायत हिमश्रृंखलाको लामो ताँती देखिन्छ । उता गुराँसले ढाकिएको हाँसपोखरी र यता हिमालको मनोरम दृश्यले यो यात्रा जीवनकै अविस्मरणीय बन्न जान्छ ।- तस्बिर सौजन्य : सदिस श्रेष्ठ, भोजपुर

Mundum Trail: From Chakhewa to the top of Mayung
Mundum Trail: From Chakhewa to the top of Mayung
Mundum Trail: From Chakhewa to the top of Mayung
Mundum Trail: From Chakhewa to the top of Mayung
Mundum Trail: From Chakhewa to the top of Mayung

फिचर

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully