The alluring sight of the famous Hanpokhari, located in the lap of Mayung, is thrilling. The pond, spread out peacefully amidst the blooming night lilies, is a delight.
We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:
This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.
The Mundum Trail, spread across the mountainous lap of eastern Nepal, has become a wonderful confluence of nature, culture, and adventure. This trek, which follows the footsteps of the Kirat civilization, becomes even more exciting, especially from Chakhewa Bhanjyang on the border of Khotang and Bhojpur to the famous Maiyungdanda.
वसन्त ऋतुमा यी जंगल लालीगुराँसले राताम्मे हुन्छन् । खुला मैदान र गुराँसको वनबीचको यही विरोधाभासले मुन्दुम ट्रेललाई अन्य पदमार्गभन्दा फरक बनाएको छ । चखेवाबाट एकदेखि दुई दिनको पैदल यात्रापछि पुगिने ३ हजार ३ सय ४८ मिटर उचाइको मैयुङडाँडा मुन्दुम ट्रेलको प्रमुख आकर्षण हो । यहाँ पुग्दा पदयात्रीलाई हिमाली हावासँगै अनुपम दृश्यले स्वागत गर्छ ।
मैयुङको काखमा रहेको प्रसिद्ध हाँसपोखरीको लोभलाग्दो दृष्यले रोमाञ्चक बनाउँछ । चारैतिर फुलेका राताम्मे लालीगुराँसबीच शान्त रूपमा फैलिएको पोखरीले आनन्द दिलाउँछ । पोखरीको स्वच्छ पानीमा गुराँसका रङ्गीन प्रतिबिम्ब झल्किँदा दृश्य झन् मोहक देखिन्छ । मैयुङको शिखरबाट सगरमाथा, मकालु र कञ्चनजङ्गालगायत हिमश्रृंखलाको लामो ताँती देखिन्छ । उता गुराँसले ढाकिएको हाँसपोखरी र यता हिमालको मनोरम दृश्यले यो यात्रा जीवनकै अविस्मरणीय बन्न जान्छ ।- तस्बिर सौजन्य : सदिस श्रेष्ठ, भोजपुर


