‘कान्तिपुर कन्क्लेभ-२०२६’ का छानिएका तस्बिर

कन्क्लेभमा नेपालसहित विभिन्न मुलुकका ५३ वक्ता सहभागी छन् । नोबेल शान्ति पुरस्कार विजेता तथा मानवअधिकार अभियन्ता शिरिन एबादीले मुख्य मन्तव्य दिँदै लोकतन्त्र, नागरिक स्वतन्त्रता र न्यायको अवस्थामाथि अन्तर्राष्ट्रिय दृष्टिकोण प्रस्तुत गरेकी छन् ।

माघ २७, २०८२

कान्तिपुर फोटो विभाग

Selected photos from 'Kantipur Conclave-2026'

काठमाडौँ — राजनीतिक अस्थिरता, कमजोर संस्थागत संरचना र बढ्दो जनअसन्तोषबीच मुलुकको मार्गचित्रबारे बहस गर्ने उद्देश्यसहित आयोजित ‘कान्तिपुर कन्क्लेभ–२०२६’ मंगलबार सकिँदै छ । काठमाडौंमा जारी कन्क्लेभमा देशभित्र र बाहिरका बौद्धिक, राजनीतिक र नीतिगत क्षेत्रका व्यक्ति भेला भएर समसामयिक सवाल र सम्भावनामाथि संवाद गरिरहेका छन् । यस संस्करणको कन्क्लेभमा नेपालसहित विभिन्न मुलुकका ५३ वक्ता सहभागी छन् । नोबेल शान्ति पुरस्कार विजेता तथा मानवअधिकार अभियन्ता शिरिन एबादीले मुख्य मन्तव्य दिँदै लोकतन्त्र, नागरिक स्वतन्त्रता र न्यायको अवस्थामाथि अन्तर्राष्ट्रिय दृष्टिकोण प्रस्तुत गरेकी छन् ।

Selected photos from 'Kantipur Conclave-2026'

सोमबारको सुरुआती सत्र ‘आन्दोलनबाट अवसरतर्फ’ मा ट्युनिसिया, श्रीलंका र बंगलादेशका प्रतिनिधिहरूले जनआन्दोलनपछि ती मुलुकले भोगेको संक्रमणकालीन राजनीतिक अनुभव सुनाए । यस सत्रमा ट्युनिसियन गायिका एमेल माथलुथी, श्रीलंकाकी पत्रकार कामन्थी विक्रमसिंघे, बंगलादेशकी मार्जाना महनाज र नेपालकी जेन–जी अभियन्ता तनुजा पाण्डे सहभागी भए । युवा आन्दोलनसँग जोडिएको ‘जेन–जी विद्रोह : जुत्ताको कथा’ सत्रमा प्रकाश बोहराले प्रदर्शनका क्रममा रक्तरञ्जित भएको जुत्तालाई केन्द्रमा राखेर व्यक्तिगत र राजनीतिक कथा सुनाए । त्यसपछि विश्लेषक सीके लालले ‘नेपाली क्रान्तिको यात्रा’ शीर्षकमा २००७ सालदेखि हालसम्मका आन्दोलन र राजनीतिक परिवर्तनको समग्र मूल्यांकन प्रस्तुत गरे ।

Selected photos from 'Kantipur Conclave-2026'
Selected photos from 'Kantipur Conclave-2026'

‘आफैंमाथि व्यंग्य लेख्दै नेपाली राजनीति’ शीर्षक सत्रमा आदर्श मिश्र, सीता न्यौपाने, सुन्दर खनाल र प्रभात लामाले व्यंग्यमार्फत सार्वजनिक बहसको भूमिका के हुन सक्छ भन्ने विषय उठाए । यसपछि ‘विचारधाराको अन्त्य ?’ सत्रमा हरि शर्मा र घनश्याम भुसालबीच नेपाली राजनीतिमा विचार, नेतृत्व र सुधारका सम्भावनामाथि संवाद भएको छ । अर्थतन्त्र केन्द्रित सत्र ‘अर्थतन्त्रको पुनरुत्थान, विश्वासको पुनःस्थापना’ मा राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलदेखि निजी क्षेत्रका प्रमुख प्रतिनिधिहरू सहभागी छन् ।दोस्रो दिन मंगलबार डिजिटल राजनीति, सामाजिक सञ्जाल र एआईको प्रभावबारे ‘संवादको चौतारी, अल्गोरिदमको उल्झन’, ‘जनताको प्यानल’ मा परम्परागत राजनीतिक घेराभन्दा बाहिरका पात्रहरू सार्वजनिक बहसको केन्द्रमा कसरी आएका छन् भन्ने विषयमा छलफल भएको छ ।

Selected photos from 'Kantipur Conclave-2026'
Selected photos from 'Kantipur Conclave-2026'
Selected photos from 'Kantipur Conclave-2026'

भू–राजनीतिमाथि केन्द्रित ‘शक्तिको रस्साकस्सीमा नेपाल’ सत्रमा चीन, भारत र अमेरिकासँग नेपालको सम्बन्ध, रणनीतिक सन्तुलन र कूटनीतिक चुनौतीबारे अन्तर्राष्ट्रिय दृष्टिकोण प्रस्तुत गरिएको छ । युवा पुस्तामाथि केन्द्रित ‘गणतन्त्रका नयाँ आवाज’ सत्रमा रक्षा बम, माजिद अन्सारी, प्रदीप ज्ञवाली र अजय कुशवाहाले नेतृत्व, वैधता र नागरिक सहभागितामाथि बहस गरेका छन् । सातै प्रदेशका मुख्यमन्त्री एउटै मञ्चमा उभिएर संघीयताको अवस्था र भविष्यबारे प्रत्यक्ष संवादमा सहभागी भएका छन् ।कन्क्लेभको अन्तिम सत्र ‘नीति, नेता र नेतृत्व’ मा कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानले कांग्रेस, एमाले र स्वतन्त्र धारका युवा नेतासँग राजनीतिक संस्कार, नेतृत्व हस्तान्तरण र नयाँ राजनीतिक संस्कृति निर्माणका विषयमा बहस गर्नेछन् ।औपचारिक सम्मेलनभन्दा बाहिर निस्केर देशको भविष्यबारे सामूहिक चिन्तन गर्ने मञ्चका रूपमा कन्क्लेभ आयोजना गरिएको कान्तिपुर मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत महेश स्वाँरले बताए । संवादमार्फत अविश्वास र अन्योललाई स्पष्टतामा बदल्ने उद्देश्यका साथ कन्क्लेभ आयोजना गरिएको आयोजकको भनाइ छ ।

कान्तिपुर

Link copied successfully