The conclave is attended by 53 speakers from various countries, including Nepal. Nobel Peace Prize laureate and human rights activist Shirin Ebadi delivered the keynote address and presented an international perspective on the state of democracy, civil liberties, and justice.
We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:
This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.
The ‘Kantipur Conclave-2026’, organized with the aim of debating the country’s roadmap amid political instability, weak institutional structures and growing public discontent, is coming to an end on Tuesday. The conclave, which is ongoing in Kathmandu, is bringing together intellectuals, political and policy-makers from within and outside the country to discuss contemporary issues and prospects. 53 speakers from various countries, including Nepal, are participating in this edition of the conclave. Nobel Peace Prize laureate and human rights activist Shirin Ebadi has presented an international perspective on the state of democracy, civil liberties and justice in her keynote address.
सोमबारको सुरुआती सत्र ‘आन्दोलनबाट अवसरतर्फ’ मा ट्युनिसिया, श्रीलंका र बंगलादेशका प्रतिनिधिहरूले जनआन्दोलनपछि ती मुलुकले भोगेको संक्रमणकालीन राजनीतिक अनुभव सुनाए । यस सत्रमा ट्युनिसियन गायिका एमेल माथलुथी, श्रीलंकाकी पत्रकार कामन्थी विक्रमसिंघे, बंगलादेशकी मार्जाना महनाज र नेपालकी जेन–जी अभियन्ता तनुजा पाण्डे सहभागी भए । युवा आन्दोलनसँग जोडिएको ‘जेन–जी विद्रोह : जुत्ताको कथा’ सत्रमा प्रकाश बोहराले प्रदर्शनका क्रममा रक्तरञ्जित भएको जुत्तालाई केन्द्रमा राखेर व्यक्तिगत र राजनीतिक कथा सुनाए । त्यसपछि विश्लेषक सीके लालले ‘नेपाली क्रान्तिको यात्रा’ शीर्षकमा २००७ सालदेखि हालसम्मका आन्दोलन र राजनीतिक परिवर्तनको समग्र मूल्यांकन प्रस्तुत गरे ।
‘आफैंमाथि व्यंग्य लेख्दै नेपाली राजनीति’ शीर्षक सत्रमा आदर्श मिश्र, सीता न्यौपाने, सुन्दर खनाल र प्रभात लामाले व्यंग्यमार्फत सार्वजनिक बहसको भूमिका के हुन सक्छ भन्ने विषय उठाए । यसपछि ‘विचारधाराको अन्त्य ?’ सत्रमा हरि शर्मा र घनश्याम भुसालबीच नेपाली राजनीतिमा विचार, नेतृत्व र सुधारका सम्भावनामाथि संवाद भएको छ । अर्थतन्त्र केन्द्रित सत्र ‘अर्थतन्त्रको पुनरुत्थान, विश्वासको पुनःस्थापना’ मा राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलदेखि निजी क्षेत्रका प्रमुख प्रतिनिधिहरू सहभागी छन् ।दोस्रो दिन मंगलबार डिजिटल राजनीति, सामाजिक सञ्जाल र एआईको प्रभावबारे ‘संवादको चौतारी, अल्गोरिदमको उल्झन’, ‘जनताको प्यानल’ मा परम्परागत राजनीतिक घेराभन्दा बाहिरका पात्रहरू सार्वजनिक बहसको केन्द्रमा कसरी आएका छन् भन्ने विषयमा छलफल भएको छ ।
भू–राजनीतिमाथि केन्द्रित ‘शक्तिको रस्साकस्सीमा नेपाल’ सत्रमा चीन, भारत र अमेरिकासँग नेपालको सम्बन्ध, रणनीतिक सन्तुलन र कूटनीतिक चुनौतीबारे अन्तर्राष्ट्रिय दृष्टिकोण प्रस्तुत गरिएको छ । युवा पुस्तामाथि केन्द्रित ‘गणतन्त्रका नयाँ आवाज’ सत्रमा रक्षा बम, माजिद अन्सारी, प्रदीप ज्ञवाली र अजय कुशवाहाले नेतृत्व, वैधता र नागरिक सहभागितामाथि बहस गरेका छन् । सातै प्रदेशका मुख्यमन्त्री एउटै मञ्चमा उभिएर संघीयताको अवस्था र भविष्यबारे प्रत्यक्ष संवादमा सहभागी भएका छन् ।कन्क्लेभको अन्तिम सत्र ‘नीति, नेता र नेतृत्व’ मा कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानले कांग्रेस, एमाले र स्वतन्त्र धारका युवा नेतासँग राजनीतिक संस्कार, नेतृत्व हस्तान्तरण र नयाँ राजनीतिक संस्कृति निर्माणका विषयमा बहस गर्नेछन् ।औपचारिक सम्मेलनभन्दा बाहिर निस्केर देशको भविष्यबारे सामूहिक चिन्तन गर्ने मञ्चका रूपमा कन्क्लेभ आयोजना गरिएको कान्तिपुर मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत महेश स्वाँरले बताए । संवादमार्फत अविश्वास र अन्योललाई स्पष्टतामा बदल्ने उद्देश्यका साथ कन्क्लेभ आयोजना गरिएको आयोजकको भनाइ छ ।



