'लोकतन्त्र ह्याक हुँदैछ, निरंकुशता ब्याक हुँदैछ', पत्रकारको प्रदर्शन [तस्बिरहरू]

सामाजिक सञ्जाल बन्द गरेर सरकारले लोकतान्त्रिक समाजमा अभिव्यक्ति स्वतन्त्रतालाई निस्तेज गर्न खोजेको पत्रकारहरूले बताएका छन् ।

भाद्र २२, २०८२

दीपक केसी

'Democracy Hacking, Autocracy Backing', Journalists Protest [Photos]

काठमाडौँ — सरकारले विभिन्न सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धविरुद्ध नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष, पदाधिकारी तथा विभिन्न मिडियामा कार्यरत सञ्चारकर्मीहरूले माइतीघरमा आज प्रदर्शन गरेका छन् ।

'Democracy Hacking, Autocracy Backing', Journalists Protest [Photos]

सरकारको यस्तो कदमले लोकतान्त्रिक समाजमा अभिव्यक्ति स्वतन्त्रतालाई निस्तेज गर्न खोजिएको पत्रकारहरुले बताएका छन् । उनीहरुले 'सञ्जाल बन्द, आवाज बन्द', 'जनताको मुख थुन्न पाइँदैन', 'अलोकतान्त्रिक निर्णय फिर्ता गर', 'अभिव्यक्ति स्वतन्त्रता हाम्रो अधिकार', 'लोकतन्त्र ह्याक हुँदैछ, निरंकुशता ब्याक हुँदैछ' लगायतका प्लाकार्ड बोकेका थिए ।

'Democracy Hacking, Autocracy Backing', Journalists Protest [Photos]

सरकारले सञ्चार मन्त्रालयमा सूचीकृत नभएका सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने निर्णय बिहीबार गरेको थियो । यो निर्णयप्रति आम सर्वसाधारण, सञ्चार सम्बद्ध संघसंस्था लगायतले विरोध जनाएका छन् ।

'Democracy Hacking, Autocracy Backing', Journalists Protest [Photos]
'Democracy Hacking, Autocracy Backing', Journalists Protest [Photos]
'Democracy Hacking, Autocracy Backing', Journalists Protest [Photos]
'Democracy Hacking, Autocracy Backing', Journalists Protest [Photos]
'Democracy Hacking, Autocracy Backing', Journalists Protest [Photos]
'Democracy Hacking, Autocracy Backing', Journalists Protest [Photos]

दीपक

Link copied successfully