We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:
This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.
My load truck has been in the middle of this forest for four days. How many more days should be kept? I don't know,” Ramesh Vick, a truck driver who was found in the forest near Vinayi Khola in Dumkibas under Mahendra Highway on Saturday, said, ”There is also a problem with food. There is no clean water either.'Vick, who was carrying a retail load of shoes, clothes and electric wires from Biratnagar, had to reach Butwal.
‘सामान कहिले आउँछ ? छिट्टो गर्नुस् भनेर फोन आएका छन्,’ विकले भने,‘भत्किएको डाइभर्सन बनाउने सुर नै देख्दिनँ । लोड गाडी वैकल्पिक बाटो जान पनि स्थानीयले अवरोध गर्छन् । कहिले गन्तव्य पुग्ने हो टुंगो छैन ।’
उनी जस्तै तनावमा थिए भारतका मोहम्मद मुजिम आलम । ‘यदि बाटो सहज हुन्थ्यो भने म अहिले घर पुगिसकेको हुन्थेँ,’ पाँच दिनदेखि यही राजमार्गमा रोकिएका आलमले भने, ‘सबैले गाडी चलेको छ भनेर आएँ । आएपछि थाहा भयो यहाँ बन्द रहेछ ।’ उनी काठमाडौंमा सामान पुर्याएर भारत फर्कँदै थिए ।
‘ल्याएको खाना पकाएर खाइसक्यौं । अहिले बिस्कुट खाँदैछु,’ आलमले भने,‘यहाँ प्रशासनको कोही मान्छे पनि हाम्रो कुरा सुन्न आएको छैन । २० भन्दा बढी हाम्रो भारतका साथीहरुको गाडी यहीँ छ ।’ आलम भारत फर्कन पाए फेरि नेपाल सामान लिएर नआउनेसमेत बताउँछन् । ‘नेपालको सिम नहुँदा घरमासमेत कुरा गर्न पाएको छैन । कहिले खुल्ने हो त्यो त जानकारी दिए हुन्थ्यो नि ?,’ आक्रोश पोख्दै आलमले भने,‘यस्तो बिजोग यात्रा कहिल्यै भएको थिएन । नेपालमा यो नै मेरो अन्तिम टिप हो । अब कहिल्यै आउन्नँ ।’
पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक खण्डअन्तर्गत दुम्किबासमा रहेको विनयी खोलाको डाइभर्सन बिहीबार राति बगेपछि सवारी आवागमन ठप्प भएका थिए । मालवहाक र ठूला सवारी साधन खोला वारिपारि अड्किएका छन् भने साना सवारी साधनले वैकल्पिक मार्ग प्रयोग गरिरहेका छन् ।
भारतीय लरीको ठक्करबाट गत २८ पुसमा विनयी खोलाको पुल भासिएको थियो । त्यसपछि निर्माण गरिएको डाइभर्सन सामान्य वर्षामा पनि पटकपटक बग्ने गरेको थियो । बिहीबार राति भे १ ख ४०८५ नम्बरको बस डाइभर्सन पार गर्न खोज्दा भेलमा फसेको गाडी एक्स्काभेटरसहित आएका सुरक्षाकर्मी र स्थानीयले यात्रुको उद्धार गरेपछि मानवीय क्षति भने हुन पाएको थिएन । भत्किएको पुल नजिकै नयाँ पुल निर्माण भएपनि पुल सञ्चालन गर्न प्राविधिक कारणले २२ गते अघि सञ्चालनमा नआउने निर्माण कम्पनीले बताएको छ । अहिले यो सडकमा कोही पैदलै यात्रा गर्दै छन् भने अधिकांश यात्रुवहाक सवारी साधन वैकल्पिक बाटो भएर गन्तव्य पछ्याएका छन् । लोड गाडीहरु वैकल्पिक सडक पनि प्रयोग गर्न समस्या भएपछि लामो समयदेखि सडकमा नै रात बिताउन बाध्य छन् ।
सडक स्तरोन्नतिमा सरकार र ठेकेदारको लापरबाहीले गर्दा राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नारायणगढ–बुटवल सडक खण्ड बर्खामा हिलाम्य र हिउँदमा धुलाम्य हुन्छ ।
२४ माघ ०७५ मा सडक विभाग र चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेड, बेइजिङबीच भएको सम्झौता अनुसार ११३ किलोमिटर सडक यो सडक तीन वर्षअघि साउनमै निर्माण भइसक्नुपर्ने हो । तीनपटक म्याद थप गरेर ८ साउन ०८२ सम्म पुर्याइएको छ । तर, सडक विस्तारको काम थपिएको समयमा सम्पन्न हुने निश्चित छैन । आयोजनाका अनुसार अहिले सडकको ७० प्रतिशत काम सम्पन्न भएको छ ।
![Sakas by Binayi Khola [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/dji0289-2262025043131-1000x0.jpg&w=1001&h=0)
![Sakas by Binayi Khola [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/dji0276-2262025043115-1000x0.jpg&w=1001&h=0)
![Sakas by Binayi Khola [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/dji0266-2262025043107-1000x0.jpg&w=1001&h=0)
![Sakas by Binayi Khola [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/dji0258-2262025043058-1000x0.jpg&w=1001&h=0)
![Sakas by Binayi Khola [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/dji0283-2262025043123-1000x0.jpg&w=1001&h=0)
![Sakas by Binayi Khola [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/dji0263-2262025043050-1000x0.jpg&w=1001&h=0)
![Sakas by Binayi Khola [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/sadak-news-photos-29-2262025044257-1000x0.jpg&w=1001&h=0)
![Sakas by Binayi Khola [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/sadak-news-photos-28-2262025044232-1000x0.jpg&w=1001&h=0)