शुक्रबारदेखि ग्वार्को ओभरपास सञ्चालनमा आउँदै

असार ३, २०८२

विमल खतिवडा, दीपक केसी

Gwarko Overpass will be operational from Friday

काठमाडौँ — आगामी शुक्रबारबाट ग्वार्को ओभरपास सञ्चालनमा आउने भएको छ। कोटेश्वर–ग्वार्को–कलंकी खण्डमा दैनिक हुने ट्राफिक जामलाई मध्यनजर गर्दै निर्माण गरिएको ग्वार्को ओभरपास ३९ महिनामा निर्माण सम्पन्न भएकाले सञ्चालनमा आउन लागेको हो ।

Gwarko Overpass will be operational from Friday

अहिले रंगरोगन र ट्राफिक लाइटको काम भइरहेको सडक विभागअन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक दीप बराहीले बताए । ‘यो सबै काम शुक्रबारअघिसम्म सक्ने तयारी छ,’ उनले भने, ‘ओभरपास चार लेनको बनेको छ, यो सञ्चालनमा आएपछि यस खण्डमा दैनिक हुने ट्राफिक जाममा कमी आउनेछ ।’

Gwarko Overpass will be operational from Friday

दुई वर्षभित्रै काम सक्ने गरी २०७८ फागुनमा निर्माण थालिएको हो । ग्वार्को चोकबाट कोटेश्वरतर्फ ३२० मिटर र सातदोबाटोतर्फ १८५ मिटर लामो छ । दुवैतर्फ चार तहको कालोपत्र गरिएको छ । यसको ठेक्का आशिष–समानान्तर–रेलिगेर जेभीले १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा लिएको हो ।

Gwarko Overpass will be operational from Friday

सुरु सम्झौताअनुसार २०८० फागुन १२ भित्र ओभरपास निर्माण सकिनुपर्ने थियो । नसकिएपछि दोस्रो पटक २०८१ असारसम्मका लागि म्याद थपियो, तर पनि काम सकिएन । फेरि काम नसकिएपछि गत पुस ९ सम्मको म्याद दिइएको थियो, तैपनि काम सकिएन। ठेक्का लिने कम्पनीले काम नसकेपछि गत पुस १० बाट जरिवाना लगाएर काम गराइएको हो ।

Gwarko Overpass will be operational from Friday

ओभरपासको र्‍याम्प १०.२ मिटर अग्लो बनाइएको छ । ठेक्का भएको १३ महिनामा डिजाइनमा समस्या आएपछि काम रोकिएको थियो। इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलअन्तर्गत यसको ठेक्का गरिएको हो ।निर्माण थालेयता कोटेश्वर–ग्वार्को–सातदोबाटो–कलंकी खण्ड भएर ओहोरदोहोर गर्ने यात्रु र चालकले दैनिक ट्राफिक जाम झेल्नु पर्ने बाध्यता थियो । अब यो समस्या हट्ने सडक विभागको दाबी छ । ओभरपास सञ्चालनमा आएपछि पाँच वर्षसम्म स्वयं निर्माण कम्पनीले यसको मर्मतसम्भार गर्नुपर्नेछ ।

Gwarko Overpass will be operational from Friday
Gwarko Overpass will be operational from Friday
Gwarko Overpass will be operational from Friday
Gwarko Overpass will be operational from Friday
Gwarko Overpass will be operational from Friday
Gwarko Overpass will be operational from Friday
Gwarko Overpass will be operational from Friday
Gwarko Overpass will be operational from Friday
Gwarko Overpass will be operational from Friday

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

दीपक केसी कान्तिपुरका फोटोपत्रकार हुन् ।

Link copied successfully