We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:
This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.
Gwarko overpass will be operational from next Friday. The Gwarko Overpass, which was constructed in view of the daily traffic jams in the Koteshwar-Gwarko-Kalanki section, is about to be put into operation after its construction was completed in 39 months.
अहिले रंगरोगन र ट्राफिक लाइटको काम भइरहेको सडक विभागअन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक दीप बराहीले बताए । ‘यो सबै काम शुक्रबारअघिसम्म सक्ने तयारी छ,’ उनले भने, ‘ओभरपास चार लेनको बनेको छ, यो सञ्चालनमा आएपछि यस खण्डमा दैनिक हुने ट्राफिक जाममा कमी आउनेछ ।’
ओभरपासको र्याम्प १०.२ मिटर अग्लो बनाइएको छ । ठेक्का भएको १३ महिनामा डिजाइनमा समस्या आएपछि काम रोकिएको थियो। इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलअन्तर्गत यसको ठेक्का गरिएको हो ।निर्माण थालेयता कोटेश्वर–ग्वार्को–सातदोबाटो–कलंकी खण्ड भएर ओहोरदोहोर गर्ने यात्रु र चालकले दैनिक ट्राफिक जाम झेल्नु पर्ने बाध्यता थियो । अब यो समस्या हट्ने सडक विभागको दाबी छ । ओभरपास सञ्चालनमा आएपछि पाँच वर्षसम्म स्वयं निर्माण कम्पनीले यसको मर्मतसम्भार गर्नुपर्नेछ ।


