The teachers, who started the street protest with the demand of school education act, continued the street protest centered on Kathmandu on Thursday as well. There has also been an increase in the number of teachers coming from all over the country to participate in the movement.
यसअघि दुई लेन खाली राखेर सडक प्रदर्शन गरेका शिक्षकले बुधबारदेखि भने माइतीघर मण्डलदेखि बिजुलीबजारसम्म सबै लेनमा प्रदर्शन गरेका छन् । जसका कारण यातायातका साधनलाई डाइभर्ट गरिएको छ । शिक्षकहरू २० चैतदेखि सडक आन्दोलनमा छन् भने सोमबारदेखि देशव्यापी शैक्षिक हडताल घोषणा गरेका छन् ।
सरकारले २१ र २६ चैतमा विज्ञप्तिमार्फत र २२ चैतमा पत्र लेखेर शिक्षकहरूलाई वार्तामा बोलाएको थियो । तर विगतमा भएका सहमति मन्त्रिपरिषद्बाट अनुमोदन र विद्यालय शिक्षा ऐन जारी गर्ने सुनिश्चिततासहितको प्रतिबद्धता सरकारी निकायबाट आए मात्र वार्तामा बस्ने भन्दै महासंघले विज्ञप्ति नै जारी गरेको थियो । अहिले पनि वार्ता र सहमति गर्नेभन्दा पनि विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने आफ्नो मुख्य माग रहेको महासंघले जनाएको छ ।
![9th day of teachers' protest: Maitighar-Bijulibazar road blocked [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/teacher-protest-3-1042025095956-1000x0.jpg&w=1001&h=0)
![9th day of teachers' protest: Maitighar-Bijulibazar road blocked [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/teacher-protest-14-1042025100236-1000x0.jpg&w=1001&h=0)
![9th day of teachers' protest: Maitighar-Bijulibazar road blocked [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/teacher-protest-12-1042025100206-1000x0.jpg&w=1001&h=0)