शिक्षक आन्दोलनको ९औं दिन : माइतीघर-बिजुलीबजार सडक ठप्प [तस्बिरहरू]

चैत्र २८, २०८१

दीपक केसी

9th day of teachers' protest: Maitighar-Bijulibazar road blocked [Photos]

काठमाडौँ — विद्यालय शिक्षा ऐनको मागसहित सडक आन्दोलनमा होमिएका शिक्षकले बिहीबार पनि काठमाडौंकेन्द्रित सडक आन्दोलनलाई निरन्तरता दिएका छन् । आन्दोलनमा सहभागी हुन देशैभरबाट शिक्षक आउने क्रम पनि बढेको छ ।

9th day of teachers' protest: Maitighar-Bijulibazar road blocked [Photos]

यसअघि दुई लेन खाली राखेर सडक प्रदर्शन गरेका शिक्षकले बुधबारदेखि भने माइतीघर मण्डलदेखि बिजुलीबजारसम्म सबै लेनमा प्रदर्शन गरेका छन् । जसका कारण यातायातका साधनलाई डाइभर्ट गरिएको छ । शिक्षकहरू २० चैतदेखि सडक आन्दोलनमा छन् भने सोमबारदेखि देशव्यापी शैक्षिक हडताल घोषणा गरेका छन् ।

9th day of teachers' protest: Maitighar-Bijulibazar road blocked [Photos]

सरकारले २१ र २६ चैतमा विज्ञप्तिमार्फत र २२ चैतमा पत्र लेखेर शिक्षकहरूलाई वार्तामा बोलाएको थियो । तर विगतमा भएका सहमति मन्त्रिपरिषद्बाट अनुमोदन र विद्यालय शिक्षा ऐन जारी गर्ने सुनिश्चिततासहितको प्रतिबद्धता सरकारी निकायबाट आए मात्र वार्तामा बस्ने भन्दै महासंघले विज्ञप्ति नै जारी गरेको थियो । अहिले पनि वार्ता र सहमति गर्नेभन्दा पनि विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने आफ्नो मुख्य माग रहेको महासंघले जनाएको छ ।

9th day of teachers' protest: Maitighar-Bijulibazar road blocked [Photos]
9th day of teachers' protest: Maitighar-Bijulibazar road blocked [Photos]
9th day of teachers' protest: Maitighar-Bijulibazar road blocked [Photos]
9th day of teachers' protest: Maitighar-Bijulibazar road blocked [Photos]
9th day of teachers' protest: Maitighar-Bijulibazar road blocked [Photos]
9th day of teachers' protest: Maitighar-Bijulibazar road blocked [Photos]
9th day of teachers' protest: Maitighar-Bijulibazar road blocked [Photos]
9th day of teachers' protest: Maitighar-Bijulibazar road blocked [Photos]
9th day of teachers' protest: Maitighar-Bijulibazar road blocked [Photos]

दीपक केसी केसी कान्तिपुरका फोटोपत्रकार हुन् ।

Link copied successfully