काठमाडौँ/नेपालगन्ज — मुस्लिम धर्मावलम्बीहरूले आज इद उल फित्र मनाएका छन् । आज बिहानै मुस्लिम धर्मावलम्बीहरू शुद्ध भई नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढी एक आपसमा मित्रवत् रूपमा शुभकामना साटासाट गरेका छन्। इद उल फित्र मुस्लिम समुदायको महत्त्वपूर्ण चाडमध्ये एक हो।
![Eid Ul Fitr Celebrations [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/eidmubarak-2-3132025061203-1000x0.jpg&w=1001&h=0)