काठमाडौँ — अविरल वर्षासँगै आएको बाढीले मेलम्ची बजारमा ठूलो क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बाढीले बगाउँदा ७ जनाको मृत्यु भएको छ । मेलम्ची खोला उर्लिंदा बस्ती डुबानमा पर्नुका साथै घर र पुलहरू बगाएको छ ।
अहिले घटनास्थलमा सभामुख अग्निप्रसाद सापकोटा पुगेका छन् । उनले बाढीपहिरोबाट भएको क्षति अवलोकन र राहत तथा उद्धारका लागि पहल गरिरहेका छन् ।

