काठमाडौँ — प्रतिनिधिसभा विघटनको विरोधमा बृहत् नागरिक आन्दोलनले शुक्रबार काठमाडौंको टुँडिखेल वरपर मार्च पास गरेको छ । 'जनाताको हो टुँडिखेल', 'नागरिक अघि बढ्दै छ, सर्वसत्तावाद ढल्दैछ' लगायतका विभन्न नारा लेखिएका प्लेकार्डसहित प्रदर्शनकारीहरु मार्च पासमा सहभागी छन् । टुँडिखेलको गेटमा ताला लगाइएको र भित्र सेना परिचालन गरिएकाे हुँदा रत्नपार्कबाट सुरु मार्च पास आर्मी अस्पताल अघि सभामा परिणत भएको छ ।
