काठमाडौँ — केपी शर्मा ओली नेतृत्वको नेकपाले शुक्रबार नारायणहिटी दरबारअगाडि बृहत् जनसभा आयोजना गर्दैछ । त्यसका लागि नारायणहिटी दरबारको गेट अगाडि बाटोमै मञ्च तयार गरिएको छ । दरबारमार्गका बिजुलीका पोलहरुमा प्रधानमन्त्रीको तस्बिर टाँगिएका छन् ।
त्यस्तै केशर महलसम्म पनि लाउड स्पिकरहरु राखिएको छ । अहिले काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट जुलुस निस्किरहेको र त्यो जुलुस सभास्थलमा पुग्ने नेकपाले जनाएको छ ।

