प्रतिनिधिसभा विघटनविरुद्धको धर्नामा दाहाल-नेपाल

माघ १८, २०७७

अंगद ढकाल

काठमाडौँ — प्रतिनिधिसभा विघटनको विरोधमा पुष्पकमल दाहाल-माधवकुमार नेपाल नेतृत्वको नेकपाले माइतीघर मण्डलमा धर्ना कार्यक्रम गरेको छ । माघ १४ गतेदेखि जारी धर्ना कार्यक्रममा आइतबार अध्यक्षद्वय दाहाल-नेपाललगायतका नेता कार्यकर्ता सहभागी भएका छन्  ।

धर्नामा नेकपाका शीर्ष नेतासहित विघटित प्रतिनिधिसभाका सदस्य, राष्ट्रिय सभाका सदस्य र प्रदेशसभा सदस्यहरु सहभागी भएका छन् । यसअघि माघ २१ गतेसम्म धर्ना कार्यक्रम जारी रहने बताइए पनि सोमबारदेखि वाग्मती प्रदेशसभाको बैठक सुरु हुने भएकाले आइतबार नै धर्ना कार्यक्रमको समापन गरिएको दाहाल–नेपाल पक्षकी स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिइन् ।

संसद् विघटननेकपा विवाद

अंगद ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।

Link copied successfully