कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कोटेश्‍वरमा उर्लियो घर जानेको भीड [तस्बिरहरु]

शब्द/तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — लकडाउनको कुनै प्रवाह नगरी मंगलबार कोटेश्‍वर जडिबुटी क्षेत्रमा घर जानेको भीड जम्मा भएको छ । उनीहरु राजधानीबाट घर फर्कनका लागि मंगलबार साँझ कोटेश्वर जडिबुटि क्षेत्रमा जम्मा भएका थिए ।

स्थानीय स्तरमा समन्वय गरी राजधानी छोड्नेहरुलाई जिल्ला जिल्लाको सम्पर्क मञ्च बनाएर लाने व्यवस्था गरिएको यात्रीहरुले बताएका छन् । विभिन्‍न ठाउँका गरी हजार भन्दा बढी संख्यामा रहेका उनीहरु झरीको समेत परवाह नगरी भिज्दै गाडी कुरेर बसिरहेका थिए ।


प्रकाशित : वैशाख ९, २०७७ २१:१५
प्रतिक्रिया
पठाउनुहोस्