काठमाडौँ — कोभिड–१९ को जोखिम रोकथामका लागि सरकारले देशभर लकडाउन गरेपछि मानिसहरुको चहलपहलमा कमी आएको छ । पसलहरु बन्द छन् । सडकमा सुरक्षाकर्मी मात्र भेटिन्छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकका अनुसार १ हजार ६० मानिसहरुको नमुना परीक्षणमा ५ जनामा मात्रै कोरोना पोजिटिभ भेटिएको छ ।
