नेपाल प्रहरी अस्पताल पनि कोभिड-१९ उपचारका लागि तयार [तस्बिरहरु]

तस्बिर : किरण पाण्डे

काठमाडौँ — विश्व महामारी कोभिड-१९ को उपचारका लागि नेपाल प्रहरी अस्पतालले पनि तयारी गरेको छ । चैत ११ गतेदेखि सरकारले देशव्यापी लकडाउन गर्ने निर्णय गरेसँगै २७ हजार ८ सय प्रहरी त्यसलाई लागू गर्न हरेक दिन फिल्डमा खटिने गरेका छन् । यस्तोमा उनीहरुमा संक्रमण देखिएको खण्डमा उपचारका लागि नेपाल प्रहरीले आफ्नै अस्पतालमा तयारी गरेको हो । अस्पतालमा ४५ वटा क्वारेन्टाइन टेन्ट तथा ६ वटा आइसोलेसन अब्जर्भेसन बेड र ५ वटा आइसोलेसन बेड तयारी अवस्थामा राखिएको छ । त्यहाँ भर्ना हुने हरेक बिरामीका लागि छुट्टै शौचालयको समेत व्यवस्था मिलाइएको छ । यहाँ क्वारेन्टाइनका लागि राखिएका टेन्टहरु विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुप व्यवस्थित रहेको बताइएको छ ।

प्रकाशित : चैत्र १७, २०७६ १५:१७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बुटवलको कोरोना अस्पतालमा मृत्यु भएका व्यक्तिको प्रारम्भिक रिपोर्टमा संक्रमण देखिएन

अतुल मिश्र

काठमाडौँ — बुटवलस्थित कोरोना अस्थायी अस्पतालको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण नभएको पाइएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु स्रोतका अनुसार ती व्यक्तिको मृत्यु कोरोना संक्रमणले नभएको प्रारम्भिक प्रयोगशाला परीक्षणमा देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला श्रोतका अनुसार थप स्पष्ट हुन ती व्यक्तिको घाँटीको र्‍यालको नमुना दोस्रो पटक परीक्षण गरिने भएको छ ।

गत आइतबार दिउँसो १२ बजे बुटवलस्थित कोरोना अस्थायी अस्पतालको आइसोलेसनमा उपचाररत एक ३४ वर्षीय व्यक्तिको मृत्यु भएको थियो ।

ज्वरो, खोकीको लक्षण देखिएपछि आफैं अस्पताल भर्ना भएका ती व्यक्तिको र्‍यालको नमुना गत आइतबार परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं ल्याइएको थियो ।

यो पनि

प्रकाशित : चैत्र १७, २०७६ १५:१४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×