हाम्रो पनि सहारा तिमी नै [फोटोफिचर]

चैत्र १७, २०७६

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — सरकारले कोरोना भाइरस(कोभिड–१९) को संक्रमणको जोखिम न्यूनीकरणका लागि लकडाउनको अवधि लम्ब्याएर १४ दिन पुऱ्याएको छ । काठमाडौंका सडक सुनसान छन् । पशुपतिनाथ मन्दिरमा पनि नियमित पूजाआजा रोकिएको छ। पशुपतिनाथ क्षेत्रमा मानिसहरुको अवातजावत ठप्प भएकाले त्यहाँ रहेका बाँदर र परेवालाई पनि खानाको समस्या रहेको छ । तर पशुपतिनाथ क्षेत्र विकास कोषबाट खटिएका स्वयंसेवकहरुले हरेक दिन त्यस क्षेत्रमा रहेका बाँदर र परेवालाई खाना र दानाको व्यवस्था गर्दै आएका छन् ।

लकडाउनकोरोना भाइरस

तस्बिर हेमन्त श्रेष्ठ हाल कान्तिपुर दैनिकमा फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी विशेष गरेर खेलकुद तथा सामाजिक विषयका फोटो खिच्न रुची राख्छन्।

Link copied successfully