काठमाडौँ — विश्वभरि चिकित्सक र सम्बद्ध विशेषज्ञले कोभिड–१९ को सम्भावित फैलावट रोक्न सामाजिक दूरी (सोसल डिस्टेन्स) कायम गर्न सुझाव दिइरहेका छन् । विश्व स्वास्थ्य संगठनले पनि २ जनाबीच कम्तीमा एक मिटरको दूरी कायम राख्नुपर्ने सुझाव दिएको छ ।
नेपालमा पनि कतैकतै दैनिक उपभोगका सामान खरिदबिक्रीका बेला सम्पर्क दूरी बढाउन विभिन्न उपाय अपनाइएका छन। कतै उभिने चिन्ह लगाएर त कतै कुर्सीले घेरेर सामाजिक दूरी कायम राखिएको छ ।

