घटेनन् उपत्यका छाड्नेहरु [तस्बिरहरु]

तस्बिर : हेमन्त श्रेष्ठ, अनिश रेग्मी

काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९)को सम्भावित जोखिमबाट बच्‍न उपत्यका छाड्‍नेहरुको संख्या दैनिक बढ्दो छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बुधबारयता ५ लाख २६ हजार ७ सय ६४ जनाले उपत्यका छाडिसकेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख (एसएसपी) भीमप्रसाद ढकालका अनुसार आइतबार बिहान ६ बजेदेखि १० बजेसम्म ५६ हजार ६ सय ४७ जनाले उपत्यका छाडेका छन् । हेर्नुहाेस् तस्बिरहरु:


प्रकाशित : चैत्र ९, २०७६ १४:१५

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

बिहारको पटनामा कोरोना संक्रमणबाट ३८ वर्षीय व्यक्तिको मृत्यु

एजेन्सी

नयाँदिल्ली — भारतको बिहार राज्यको राजधानी पटनामा एक जना व्यक्तिको कोभिड-१९ को संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको छ ।

एम्स अस्पताल, पटनामा उपचारको क्रममा शनिबार उनको मृत्यु भएको थियो। शनिबार नै मृत्यु भए पनि उनको परिक्षण रिपोर्ट आज आउँदा उनमा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। कतारबाट फर्किएका ३८ वर्षीय ती व्यक्तिसँगै एम्समा उपचाररत अर्को एक महिलामा पनि संक्रमण रहेको पुष्टि भएको छ।

बिहारको मुंगेर निवासी ती व्यक्तिमा पहिले नै मिर्गौलासम्बन्धी रोग पनि भएको चिकित्सकहरुले जानकारी दिएका छन्। योसँगै भारतमा कोभिड-१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ। आइतबार नै महाराष्ट्रमा एक जना ६३ वर्षीय व्यक्तिको मृत्यु भएको इन्डिया टुडेले जनाएको छ। आइतबार दिउँसोसम्म भारतमा कोभिड-१९ संक्रमितको संख्या ३ सय २४ पुगेको छ।

कोभिड-१९ संक्रमणको सम्भावित जोखिम न्यूनीकरणका लागि भारतका कैयौं राज्यमा लकडाउन गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा आइतबार भारतभर जनता कर्फ्यु पालना गरिएको छ। प्रधानमन्त्री मोदीको आह्वानको समर्थन गर्दै नागरिक घरबाट बाहिर निस्किएका छैनन्।

गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोभिड १९ को संक्रमण अहिलेसम्म विश्वका १८० भन्दा बढी देशमा फैलिइसकेको छ। आइतबार दिउँसोसम्म भाइरसको संक्रमणबाट १३ हजार ६९ को मृत्यु भइसकेको छ भने ३ लाख ८ हजार भन्दा बढी संक्रमित भएका छन्। त्यस्तै संक्रमितमध्ये ९५ हजारभन्दा बढी निको भइसकेका छन्।

प्रकाशित : चैत्र ९, २०७६ १४:०२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×