थापाथलीमा भोकै रात काट्दैछन् लघुवित्त पीडित

बासको व्यवस्था भए पनि उनीहरू बिहानैदेखि भोकै रहेको लघुवित्त शोषणविरुद्धकी अभियन्ता लक्ष्मी घिमिरेले बताइन् ।

श्रावण १०, २०८३

समर्पण श्री

Microfinance victims spending nights hungry in Thapathali

काठमाडौँ — पशुपतिस्थित गौशला धर्मशालाबाट फर्काइएका लघुवित्त पीडितहरूको थापाथली धर्मशालामा बासको बन्दोबस्त भएको छ ।

बासको व्यवस्था भए पनि उनीहरू बिहानदेखि भोकै छन् । ‘उहाँहरू बिहानदेखि भोकै हुनुहुन्छ ।‌ पानीमा पनि भिज्नुभयो । खानाको व्यवस्था हुन सकेको छैन,’ लघुवित्त शोषणविरुद्धकी अभियन्ता लक्ष्मी घिमिरेले भनिन्, ‘उहाँहरू भोकै रात काट्नुपर्ने भयो भन्ने चिन्तामा हुनुहुन्छ ।’ 

उनीहरू बसिरहेको ठाउँमा सबै जना अट्ने अवस्था समेत नभएको उनले बताइन् ।

साँझ प्रहरीले आफैं गाडीमा राखेर सुरुमा पशुपतिस्थित गौशला धर्मशाला पठाएको थियो । ‌तर त्यहाँबाट सीमित कोठा भएको भन्दै बास नदिई उनीहरूलाई फर्काइएको थियो ।

वर्षौं किस्ता तिर्दा पनि ऋण नघटेको, खेतबारी गुमेको र विस्थापित हुनुपरेको गुनासोसहित देशभरका लघुवित्त पीडित न्यायको माग गर्दै काठमाडौं आइपुगेका हुन् ।

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully