शिक्षामन्त्री सस्मित पोखरेलको निर्देशनमा डा. गोविन्द केसीसँग वार्ता गर्न सचिव चूडामणि पौडेल धनगढी पुगेका हुन् ।
काठमाडौँ — शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनमा डा. गोविन्द केसीसँग वार्ता गर्न मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी पुगेका छन् ।
शिक्षा तथा खेलकुदमन्त्री पोखरेलले शुक्रबार साँझ डा. केसीसँग टेलिफोन संवाद गरेका थिए । त्यसलगत्तै वार्तामार्फत अनशनको निकास खोज्ने उद्देश्यले सचिव पौडेललाई धनगढी पठाइएको हो मन्त्री पोखरेलको सचिवालयले जनाएको छ ।
यसैबीच, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जे.पी. अग्रवाल र स्वास्थ्य सचिव पनि आइतबार धनगढी पुगेर डा. केसीसँग संवाद गर्ने कार्यक्रम रहेको छ ।
सरकारले वार्तामार्फत डा. केसीको अनशनको सहमतिपूर्ण निकास खोज्ने प्रयासलाई तीव्र बनाएको उनको सचिवालयले जनायो ।
धनगढीमा २४औं सत्याग्रह सुरु गरेका अभियन्ता केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई सेती प्रादेशिक अस्पतालको लगिएको छ ।
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि आवाज उठाउँदै आएका सरकारले विगतका सम्झौता र आफ्ना मागहरूप्रति बेवास्ता गरेको भन्दै बिहीबारदेखि कैलालीको धनगढीमा २४औँ सत्याग्रह सुरु गरेका हुन् ।
